खैरहनी अस्पतालमा प्रयोगशाला सञ्चालन | Khabarhub Khabarhub

खैरहनी अस्पतालमा प्रयोगशाला सञ्चालन


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको खैरहनी नगरपालिकाअन्तर्गत पुरानो पर्सास्थित नगर अस्पतालमा अत्याधुनिक सेवासहितको प्रयोगशाला सञ्चालनमा आएको छ । नगरपालिकाको सक्रियतामा निर्माण गरिएको प्रयोगशालाको नगरप्रमुख शशीकुमार खनियाले उद्घाटन गरे ।

सो अवसरमा नगरप्रमुख खनियाले नगर अस्पतालले दिने सेवा गुणस्तरीय तथा अत्याधुनिक सुविधासम्पन्न गराउन स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले प्राथमिकता राखेको बताए । उनले गुणस्तरीय स्वास्थ्य सुविधाको पहुँच टोल–टोलमा पुर्‍याउन नगरपालिका प्रतिबद्ध रहेको बताए ।

सबै प्रकारका जाँचका लागि खैरहनी नगर अस्पतालमै सेवा उपलब्ध गराउने उद्देश्यका साथ अस्पताल प्रशासन र व्यवस्थापन समिति अहोरात्र खटिरहेको खैरहनी नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रशान्त कँडेलले बताए । प्रयोगशाला सञ्चालनमा आएपछि खैरहनी नगर अस्पतालमै रोगको परीक्षण गर्न सहज भएको छ ।

कार्यक्रममा उपप्रमुख कविता उप्रेती, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु सापकोटा, अस्पताल व्यवस्थापन समितिका सदस्यहरू, अस्पतालका चिकित्सक, प्रयोगशालालगायत अस्पतालका कर्मचारीको उपस्थिति थियो ।

यसअघि खैरहनीवासी प्रयोगशाला परीक्षणका लागि रत्ननगर अस्पताल वा भरतपुर आउनुपर्ने बाध्यता थियो ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ११ : ३८ बजे

अरु सदस्यको अधिकार खोसेर एक्लै निर्णय गर्दा भ्रष्टाचारमा तानिए बैकुण्ठ अर्याल

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध ३८ करोड

भारतको विहारमा एक सातामा तेस्रो निर्माणाधीन पुल भत्कियो

काठमाडौं– भारतको बिहारको मोतिहारी (पूर्वी चम्पारण) मा आइतबार निर्माणाधीन एउटा

जुम्लाको सिंजामा धमाधम कुपोषित बालबालिका पहिचान

जुम्ला- जुम्लाको सिंजा गाउँपालिकामा पोषण मैत्री स्थानीय शासन प्रवर्द्धन तथा

जाल्पा सामुदायिक र किसान लघुवित्तको एकीकृत कारोबार असार २७ बाट हुने 

काठमाडौं– किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय

दिगो वन व्यवस्थापनमार्फत विदेशी काठ आयात प्रतिस्थापन गरिन्छ : मन्त्री सुडी

काठमाडौं– वन तथा वातावरणमन्त्री नवल किशोर साह सुडीले दिगो वन