दसैँमा सिंहदरबार बनाउन भ्याइनभ्याइ « Khabarhub

दसैँमा सिंहदरबार बनाउन भ्याइनभ्याइ


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दसैँको बहाना बनाएर कार्यपालिका, व्यवस्थापिका र न्यायालयमा काम ठप्प प्रायः हुँदै गइरहँदा सिंहदबारभित्रको विकासले भने तीव्रता पाएको छ ।
झण्डै ११ अर्बको लागतमा संघीय संसद र सर्वोच्च अदालतका दुई भवन निर्माण रातारात चलिरहेको छ ।

आफ्नो सुविधाप्रति भीभीआईपीहरु कति संवेदनशील छन् भन्ने यी दुई पूर्वाधारको निर्माणमा देखिएको तीव्रताले पुष्टि गर्छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको निगरानीमा रहेका २६ वटा राष्ट्रिय गौरवका आयोजना वर्षौँदेखि टिठलाग्दो अवस्थामा रहँदा यी दुई सुविधा सम्पन्न भवन निर्माणमा भने उल्लेखनीय सफलता देखिएको छ ।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यअनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ साल असोज १ गते सिंहदरबारस्थित पुतली बगैँचामा नयाँ संसद् भवन निर्माणको शिलान्यास गरेका थिए ।

लक्ष्यअनुसार यो भवनको अघिल्लो वर्ष नै निर्माण सकिनुपर्नेमा त्यसो नभएपछि दुई पटक म्याद बढाएर चार वर्ष पुर्‍याइएको थियो ।

समयमै काम नहुँदाको परिणत निर्माण लागत बढेकोमा संसदभित्रै चर्को आवाज उठ्दै आएको छ । लगानी बढाएको आरोप खेप्नु परेपछि रुष्ट सभामुख देवराज घिमिरेले निर्माण कम्पनीलाई सचेत गराउँदै आएका छन् ।

टुण्डी सेक ज्वाइन्ट भेन्चरले भ्याटसहित ५ अर्ब २ करोडमा थालेको काम अहिले ५ अर्ब ३९ करोड पुगेको जनाइएको छ ।

नेपाली सेनाको क्याबलरी रहेको सिंहदरबारको दक्षिणी भागमा तीन वर्षदेखि सर्वोच्च अदालत भवन निर्माणले तीव्रता पाएको छ ।

अहिले यो भवन पनि संसद भवनकै शैलीमा निर्माण प्रक्रिया अघि बढेको छ । आगामी चैतभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएपनि यथासमयमै काम सकिने सम्भावना कम छ ।

कालिका–समानान्तर जेभी निर्माण कम्पनीले ५ अर्ब १९ करोड ८६ लाख ३२ हजार रुपैयाँमा निर्माण सम्झौता गरेका थिए । नियमविपरीत ठेक्का लगाइएको र भ्रष्टाचार भएको भन्दै सर्वोच्च अदालतको भवन निर्माणविरुद्ध अख्तियारमा उजुरी परेको थियो ।  

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  १२ : २१ बजे

उच्च रक्तचापको समस्या, डाक्टर भन्छन्- समयमै औषधि खाएर रोक्न सकिन्छ

काठमाडौं– उच्च रक्तचाप सुन्दा सामान्य लागे पनि यसले गर्ने भयानक

संसद्‍मा श्रम संस्कृतिको आवाज : प्रधानमन्त्री जवाफदेही बन्नै पर्छ, प्रश्नदेखि भाग्न पाइँदैन

काठमाडौं- हर्कराज राई नेतृत्वको प्रतिपक्षी दल श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा

इरानमाथि नयाँ हमला तयारी : हतियार बोकेका दर्जनौं अमेरिकी विमान इजरायल पुगे

तेलअभिभ- पछिल्लो २४ घण्टामा दर्जनौँ अमेरिकी विमानहरू इजरायलमा उत्रिएका छन्।

कांग्रेस सांसदले भने : सुधन गुरुङको सम्पत्ति शंकास्पद छ, छानबिन गरौँ

काठमाडौं- नेपाली कांग्रेका सांसद अभिषेकप्रताप साहले तत्कालीन गृहमन्त्री सुधन गुरुङले

विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

काठमाडौं– विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त