कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पाए विश्वासको मत, राप्रपाबाहेक सबै पक्षमा (भिडियोसहित) « Khabarhub

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पाए विश्वासको मत, राप्रपाबाहेक सबै पक्षमा (भिडियोसहित)


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दुई तिहाइभन्दा धेरै विश्वासको मत पाएका छन् । बुधबार प्रदेशसभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावको पक्षमा दुई तिहाइ बढी मत परेको हो ।

बुधबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कार्कीको पक्षमा ८६ र विपक्षमा ५ मत परेको हो । ९३ सदस्य रहेको प्रदेशसभा बैठकमा बुधबार ९१ सांसद उपस्थित रहेका थिए ।

अन्य पार्टीहरुले कार्कीलाई विश्वासको मत दिएपनि राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ मध्ये ५ सांसदहरुले कार्कीलाई विश्वासको मत दिएनन् । राप्रपाका एक सांसद अनुपस्थित रहे ।

नेपाली कांग्रेसबाट विद्रोह गरेका कार्कीले आफ्नो पार्टीका ८ र नेकपा एमालेका ३९ सांसदको समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा दाबी गरेका थिए ।

भिडियो-

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ४ : ५३ बजे

चीन सरकारको चासोपछि अन्तर्राष्ट्रिय तिब्बत अध्ययन सम्मेलन रद्द

काठमाडौं – भदौ पहिलो साताका लागि काठमाडौंमा तय गरिएको इन्टरनेसनल

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले बैंकिङ कसुर मुद्दाका

परराष्ट्रले सुरु गर्‍यो ‘मोफा नलेज फोरम’

काठमाडौँ । परराष्ट्र मन्त्रालयले पहिलोपटक ‘मोफा नलेज फोरम’को सुरुआत गरेको

हिक्मतको अडानपछि गले ओली, कोशीमा कार्कीले नै निरन्तरता पाउने

काठमाडौं – कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तन गर्ने चर्चा चलिरहेका बेला

भेटनरी अस्पतालका प्रमुखसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले सप्तरीको भेटेरिनरी अस्पताल तथा