प्रेस काउन्सिलमा उजुरी बढे, आचारसंहिता उल्लङ्घनमा विभिन्न कारवाही « Khabarhub

प्रेस काउन्सिलमा उजुरी बढे, आचारसंहिता उल्लङ्घनमा विभिन्न कारवाही


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रेस काउन्सिल नेपालमा पछिल्लो ३ महिनामा आचारसंहिता उल्लंघनका घटनामा १३२ वटा उजुरी र जनगुनासो परेका छन् ।

दर्ता भएका उजुरीमध्ये ९३ वटा गालीबेइज्जती/चरित्रहत्या/मानहानी, २५ वटा भ्रामक तथा असन्तुलन, २ वटा बार्गेनिङ तथा ४ वटा हुबहु र समाचार चोरीका छन् । यस आ।व।मा अदालतमा विचाराधीन रहेको मुद्दाका विषयमा सामग्री सम्प्रेषण गरेका ४ वटा सञ्चार माध्यमलाई न्याय निरुपणमा प्रभाव पार्ने किसिमका सामग्री सम्प्रेषण नगर्न/नगराउन निर्देशन दिइएको सहप्रवक्ता रामशरण बोहराद्वारा बुधवार जारी विज्ञप्तिमा उल्लेख छ ।

गत माघ २४ मा सम्मानित चितवन जिल्ला अदालतबाट फैसला भएर सफाइ पाइसक्दासमेत २ वर्षअघि अदालतमा विचाराधीन रहेको आत्महत्या दुरुत्साहन मुद्दाका विषयमा प्रसारित भिडियो सामग्री हालसम्म पनि मिडिया तथा युट्युबमा रहिरहँदा आफूलाई असर परेको भनी उजुरी परेपछि २०८०/०६/०२ गतेको आचारसंहिता अनुगमन उपसमितिको बैठकबाट उजुरीकर्ता प्रतिकूल पूर्ववतः सम्प्रेषित सामग्री प्रकृति खुलाइ हटाउन निर्देशन दिने निर्णय भएको छ ।

यस्तै किर्ते शैक्षिक प्रमाणपत्रको उजुरीसहित २ जना सञ्चारकर्मीविरुद्ध परेका विभिन्न उजुरीमाथि छानबीनका क्रममा सूचना विभाग र नेपाल पत्रकार महासंघलाई पत्राचार गरी आवश्यक जानकारी लिने निर्णय भएको छ । हिमालपारीको आवाज साप्ताहिक, दैनिकी डटकम र एकजना स्वतन्त्र पत्रकारका सम्बन्धमा सूचना विभागबाट प्रेस प्रतिनिधि प्रमाणपत्र र महासंघको सदस्य भए÷नभएको खुलाइ पठाउन लेखी पठाइएको छ ।

स्वतन्त्र पत्रकारको आवरणमा वैदेशिक रोजगारसँग सम्बन्धित इजाजतपत्र प्राप्त संस्थाहरू तथा कम्पनीका सञ्चालकहरूविरुद्ध विभिन्न इमेल ऋचभबतभ गरी भ्रामक र झूठा समाचार बनाइ अख्तियार, केन्द्रीय अनुसन्धान विभाग, वैदेशिक रोजगार विभाग, आन्तरिक राजस्व विभाग, विदेशस्थित नेपाली दूतावास लगायतका निकायमा वैदेशिक रोजगार व्यवसाय गर्ने कम्पनी र कम्पनी सञ्चालकविरुद्ध कारबाही गरिपाउँ भनी इमेल पठाएको तथा समाचार बनाएको उजुरी परेपछि स्वतन्त्र पत्रकार भनिएका व्यक्तिबारेको विवरण उपलब्ध गराउन सूचना तथा प्रसारण विभागमा पत्राचार भएको हो । उक्त विषयमा द्विपक्षीय छलफल आयोजना गर्ने समेत निर्णय भएको छ ।

यस्तै किर्ते प्रमाणपत्र पेस गरी अनलाइन दर्ता गरेको, अतिरञ्जित सामग्री सम्प्रेषण गरेको भनी हलेसीपाटी डटकमविरुद्ध परेको उजुरीमा अनुगमन गरी मिडियालाई कालोसूचीमा राखिएको तथा सूचीकरणबाट हटाइ नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्था थियो । तर उक्त अनलाइन चलिरहेको भनी नेपाल पत्रकार महासंघ खोटाङबाट पुनः असोज ४ गते उजुरी परेपछि नेपालका सबै आइएसपीमार्फत सञ्चालित इन्टरनेट सेवाबाट समेत नेपालभित्र खुल्न नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार भएको, उक्त अनलाइनबाट पत्रकारका नाममा प्रेस प्रतिनिधि प्रमाणपत्र जारी भएको भए निलम्बन गर्न, आगामी दिनमा जारी नगर्न सूचना तथा प्रसारण विभागमा पत्राचार भएको छ । किर्ते कागजातका सम्बन्धमा खोटाङ जिल्ला अदालतबाट २०७९/१०/२६ गतेको फैसलाअनुसार मुलुकी अपराध संहिता, २०७४ बमोजिमको सजाय भइसकेको छ ।

यस्तै फोन सम्वादलाई रेकर्ड गरेको र सो सामग्री अन्य मिडियाबाट प्रसारित भएको उजुरीका आधारमा १ जना र सामाजिक सञ्जालबाट सामाजिक सद्भाव खलल पार्ने, साम्प्रदायिक हिंसा फैलाउने किसिमको सामग्री सम्प्रेषण गरेको उजुरीका आधारमा १ जना गरी २ जना पत्रकारलाई सचेत गराइएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ८ : ५० बजे

ट्युनिसियालाई हराउँदै नेदरल्यान्ड्स समूह विजेता, नकआउट चरणमा मोरक्कोसँग भिड्ने

काठमाडौँ – खेलको सुरुवाती सात मिनेटभित्रै दुई गोल गरेपछि नेदरल्यान्ड्सले

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम