नेपाल फिनल्याण्ड चेम्बरको अध्यक्षमा मुकुन्द तिमिल्सिना निर्वाचित, संरक्षकमा राजेशकाजी श्रेष्ठ « Khabarhub

नेपाल फिनल्याण्ड चेम्बरको अध्यक्षमा मुकुन्द तिमिल्सिना निर्वाचित, संरक्षकमा राजेशकाजी श्रेष्ठ


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल फिनल्याण्ड उद्योग वाणिज्य संघको अध्यक्षमा मुकुन्द तिमिल्सिना चयन भएका छन् । संघको प्रथम वार्षिक साधारणसभाले तिमिल्सिनाको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको जनाएको छ । संघले नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठलाई संरक्षकमा चयन गरेको छ ।

संघको तीन उपाध्यक्षमा प्रज्वलजंग पाण्डे, सुनिल केसी र शक्तिकुमार बेगानीलाई चयन गरेको छ । महासचिवमा विश्वेश श्रेष्ठ र कोषाध्यक्षमा दीपेन्द्र सिग्देल चयन भएका छन् । संघको दुई सचिवमा सीताराम थापा र उरुषा चापागाई चयन गरिएको छ ।

कार्यसमिति सदस्यहरुमा अर्जुन पौडेल, विजय पौडेल, भरत श्रेष्ठ, चेतन भण्डारी, डीमप्रसाद पौडेल, गोर्मे दोर्जी शेर्पा, निलकृष्ण ताम्राकार र प्रदीक्षा शर्मा चयन भएका छन् । यस्तै, प्रकाशबहादुर खत्री, प्रकाश पाण्डे, राजेन्द्र ढकाल, राजेन्द्र सापकोटा, राजेश लामा, राकेशकुमार अडुकिया, सञ्जीवकुमार पाण्डे, शिव ढकाल र उत्तम सिलवाल पनि संघको कार्यसमिति सदस्यमा चयन गरिएको छ ।

संघका अध्यक्ष तिमिल्सिनाले नेपाल र फिनल्याण्डबीचको सम्बन्ध विस्तारसँगै लगानी, पर्यटन तथा व्यापारिक क्षेत्रमा संघले घनिभूत ढंगले सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् । नेपाली वस्तुको फिनल्याण्डमा निकासीको राम्रो सम्भावना रहेको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले आउँदा दिनमा निकासी प्रवर्द्धनसम्बन्धी कार्यलाई प्राथमिकतामा राखिने बताए ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा नेपालले फिनल्याण्डबाट ३० करोड ४७ लाख १४ हजार रुपैयाँ बराबरका वस्तु आयात गरी ८ करोड ५७ लाख ६१ हजार मूल्य बराबरको निकासी गरेको समेत सो संघले जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ९ : ४० बजे

नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने

नवलपुर– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेकाहरूका लागि

नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत

भोटेकोशी बाढीपछि परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण स्थगन

काठमाडौं– रसुवा, नुवाकोटलगायत क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर

एक सय बढी एम्बुलेन्स घाइतेको उद्धार र शव व्यवस्थापनमा

चितवन– भोटेकोशी बाढीबाट घाइते भएका र मृत्यु भएकाहरूको उद्धार र

त्रिशूली–३ को सुरुङबाट ४३ विदेशीसहित २०८ जना उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका