हुलाकी सडकले सुगम बन्दै दुर्गम गाउँ « Khabarhub

हुलाकी सडकले सुगम बन्दै दुर्गम गाउँ


२ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

राँझा– बाँकेका ग्रामीण क्षेत्र हुलाकी सडक निर्माणसँगै अहिले सुगम बन्दै गएका छन् । हुलाकी सडक निर्माणले राप्ती सोनारीको बैजापुरबाट नरैनापुरको सुइया बघौडालाई सदरमुकाम नेपालगञ्जसँग सीधा सम्पर्क गराएको छ । 

विगतमा दुर्गम क्षेत्रका रूपमा मानिने नरैनापुरबाट अहिले आधा घण्टामै नेपालगञ्ज पुग्न सकिने भएको नरैनापुरका स्थानीय अगुवा सोहनलाल यादवले बताए।

‘पहिले भारतको बाटो हुँदै नेपालगञ्ज पुग्नुपथ्र्यो, अहिले आधा घण्टामै पुगिन्छ’, यादवले भने, ‘हुलाकी सडक नरैनापुरवासीका लागि धेरै सहज भएको छ ।’

बाँकेमा अहिले राप्ती सोनारीको फत्तेपुरस्थित कुण्डाबाट बैजापुरको नारायणपुरसम्म २१ किलोमिटर, नेपालगञ्ज–गुलरिया सडकखण्डको २८ किलोमिटर र नेपालगञ्जको पुष्पलाल चोकबाट पूर्वतर्फ १० किलोमिटर क्षेत्रमा हुलाकी सडक निर्माण भइरहेको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय, नेपालगञ्जका सूचना अधिकारी इन्जिनियर कृष्ण पाण्डेले बताए ।

उनका अनुसार राप्ती सोनारीको फत्तेपुरस्थित कुण्डाबाट बैजापुरको नारायणपुरसम्म २१ किलोमिटरमा एपिक्स कन्काई खड्का जेभीले रु ७६ करोडको लागतमा कालोपत्र गरिरहेको छ भने नेपालगञ्ज–गुलरिया सडकखण्डको २८ किलोमिटरमध्ये ११ दशमलव छ किलोमिटर चार लेन र बाँकी दुई लेनको काम रु दुई अर्ब ७८ करोडमा शर्मा एण्ड कम्पनीले काम गरिरहेको छ ।

नेपालगञ्जको पुष्पलाल चोकबाट पूर्वतर्फको १० किलोमिटर क्षेत्रको हुलाकी सडक विस्तार ज्ञानिश शारदा जेभीले १२ करोडमा गरिरहेको छ । तीनवटै हुलाकी सडकको काम तीव्रगतिमा भइरहेको इन्जिनियर पाण्डेको भनाइ छ । 

शनिबारमात्रै हुलाकी सडकको अनुगमन गरेकी नेकपा (एमाले) केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य दीपा शर्माले काम तीव्रगतिमा सञ्चालनमा रहे पनि निर्माण कम्पनीको मागबमोजिम भुक्तानी, मुआब्जाको समस्या र विद्युत् पोलको चुनौती रहेको बताउँदै देखिएका समस्या र चुनौती नीतिगत तहमा उठाउने आश्वासन दिए।

उनले हुलाकी सडक निर्माण समयमै सम्पन्न गर्न आफूले आवश्यक समन्वय र चासो देखाएको बताउँदै हुलाकी सडक निर्माणले यहाँका नागरिकलाई विकासको अनुभूति गराएको उल्लेख गरे। 

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ६ : ४८ बजे

नालामा डुबेर १५ महिने बालकको मृत्यु

रौतहट– मौलापुर नगरपालिका-३ गम्हरिया टोल बस्ने राजेश साह तेलीको छोरा १५ महिनाको

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

बर्दिया– ठाकुरबाबा नगरपालिका-६ बकुवा बस्ने ४९ वर्षीय सन्तराम थारूको घरको पछाडि रहेको

प्रतिनिधिसभा निर्वाचन : नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस

देवदह– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

सरकारका प्रवक्ताको दौडधुप, देउवापछि ओली भेट्न पुगे गुण्डू

काठमाडौं- सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ