हुलाकी सडकले सुगम बन्दै दुर्गम गाउँ « Khabarhub

हुलाकी सडकले सुगम बन्दै दुर्गम गाउँ


२ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

राँझा– बाँकेका ग्रामीण क्षेत्र हुलाकी सडक निर्माणसँगै अहिले सुगम बन्दै गएका छन् । हुलाकी सडक निर्माणले राप्ती सोनारीको बैजापुरबाट नरैनापुरको सुइया बघौडालाई सदरमुकाम नेपालगञ्जसँग सीधा सम्पर्क गराएको छ । 

विगतमा दुर्गम क्षेत्रका रूपमा मानिने नरैनापुरबाट अहिले आधा घण्टामै नेपालगञ्ज पुग्न सकिने भएको नरैनापुरका स्थानीय अगुवा सोहनलाल यादवले बताए।

‘पहिले भारतको बाटो हुँदै नेपालगञ्ज पुग्नुपथ्र्यो, अहिले आधा घण्टामै पुगिन्छ’, यादवले भने, ‘हुलाकी सडक नरैनापुरवासीका लागि धेरै सहज भएको छ ।’

बाँकेमा अहिले राप्ती सोनारीको फत्तेपुरस्थित कुण्डाबाट बैजापुरको नारायणपुरसम्म २१ किलोमिटर, नेपालगञ्ज–गुलरिया सडकखण्डको २८ किलोमिटर र नेपालगञ्जको पुष्पलाल चोकबाट पूर्वतर्फ १० किलोमिटर क्षेत्रमा हुलाकी सडक निर्माण भइरहेको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय, नेपालगञ्जका सूचना अधिकारी इन्जिनियर कृष्ण पाण्डेले बताए ।

उनका अनुसार राप्ती सोनारीको फत्तेपुरस्थित कुण्डाबाट बैजापुरको नारायणपुरसम्म २१ किलोमिटरमा एपिक्स कन्काई खड्का जेभीले रु ७६ करोडको लागतमा कालोपत्र गरिरहेको छ भने नेपालगञ्ज–गुलरिया सडकखण्डको २८ किलोमिटरमध्ये ११ दशमलव छ किलोमिटर चार लेन र बाँकी दुई लेनको काम रु दुई अर्ब ७८ करोडमा शर्मा एण्ड कम्पनीले काम गरिरहेको छ ।

नेपालगञ्जको पुष्पलाल चोकबाट पूर्वतर्फको १० किलोमिटर क्षेत्रको हुलाकी सडक विस्तार ज्ञानिश शारदा जेभीले १२ करोडमा गरिरहेको छ । तीनवटै हुलाकी सडकको काम तीव्रगतिमा भइरहेको इन्जिनियर पाण्डेको भनाइ छ । 

शनिबारमात्रै हुलाकी सडकको अनुगमन गरेकी नेकपा (एमाले) केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य दीपा शर्माले काम तीव्रगतिमा सञ्चालनमा रहे पनि निर्माण कम्पनीको मागबमोजिम भुक्तानी, मुआब्जाको समस्या र विद्युत् पोलको चुनौती रहेको बताउँदै देखिएका समस्या र चुनौती नीतिगत तहमा उठाउने आश्वासन दिए।

उनले हुलाकी सडक निर्माण समयमै सम्पन्न गर्न आफूले आवश्यक समन्वय र चासो देखाएको बताउँदै हुलाकी सडक निर्माणले यहाँका नागरिकलाई विकासको अनुभूति गराएको उल्लेख गरे। 

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ६ : ४८ बजे

विश्वकप लिग-२ : टस जितेर ओमानविरुद्ध ब्याटिङ गर्दैै नेपाल

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको

प्रधानमन्त्री बालेन भन्छन्- नेताको भीडबाट होइन, विद्यार्थीले गुरुबाट राजनीति सिकून्

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत राजनीतिक

फेरि बजारमा एकपटक कमेडीको लहर

काठमाडौँ – ‘नयाँ पुस्ता परिवर्तनका सम्बाहक हुन्’ भन्ने भनाइको प्रभाव

आन्तरिक रणनीति तय गर्न सभापति थापा सक्रिय: आज कोइराला र खड्कासँग भेट्दै

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक रणनीति

अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

इलाम – इलामको पर्यटकीय गन्तव्य अन्तु पोखरी चार दशकअघिसम्म भैँसी