‘पक्षघातका बिरामी समयमै उपचार गर्न आउँदैनन्’ | Khabarhub Khabarhub

‘पक्षघातका बिरामी समयमै उपचार गर्न आउँदैनन्’


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको भरतपुर अस्पतालबाट झण्डै १० किलोमिटर टाढा जुटपानीका एक पक्षघातको बिरामी नौ महिनासम्म घरमै थलिए । पक्षघात भएका बिरामीले सरकारी भरतपुर अस्पतालमा एक लाखसम्म निःशुल्क हुन्छ भन्ने थाहा नपाउँदा आर्थिक अभावमा घरमै थलिनु पर्‍याे । ती बिरामी मात्रै होइन, अरु धेरै पक्षघातका बिरामी धेरै खर्च हुन्छ भन्ने डरले उपचार नै नगरी बस्ने गरेका छन् ।

कतिपय त्यस्ता बिरामी छुट हुने अस्पताल थाहा नपाउँदा महँगा अस्पतालमा उपचार गर्न बाध्य छन् । स्पाइनल उपचारमा विज्ञता हासिल गरेका भरतपुर अस्पतालका प्रा डा कृष्णप्रसाद पौडेल अस्पतालमा एक लाखसम्म निःशुल्क हुन्छ भन्ने थाहा नपाउँदा बिरामी समयमा नआउने गरेको बताए ।

उनले भने, ‘सामान्य अवस्थाका पक्षघातका बिरामीलाई एक लाखले सबै खर्च पुग्ने गर्दछ ।’ धेरै सामग्री प्रयोग गर्नुपर्ने बिरामीलाई रकम थप लाग्ने भए पनि सामान्य अवस्थामा सबैलाई यही खर्चले धान्ने गर्दछ । प्रा डा पौडेलले भने, ‘पक्षघात भएर कोही पनि घर नबसोस् भन्नका लागि यो सन्देश प्रवाह गर्नु आवश्यक छ ।’

भरतपुर अस्पतालमा २०६९ सालदेखि नै छुट्टै युनिट बनाएर पक्षघातको उपचार हुँदै आएको छ । अहिलेसम्म ३७ जिल्लाबाट आएर यस अस्पतालको स्पाइनल इन्जुरी युनिटबाट उपचार गराइसकेको प्रा डा पौडेलले जानकारी दिए ।

अस्पतालमा २० शय्या पक्षघातका लागि छुट्याइएको छ । रोटरीको सहयोगमा नयाँ भवन बन्दैछ । भवन सम्पन्न हुँदै गर्दा ५० शय्याको पक्षघात युनिट हुनेछ । अहिले अस्पतालमा सातामा कम्तीमा एउटा शल्यक्रिया गर्ने गरिएको छ । कुनै हप्ता दुई वटासम्म शल्यक्रिया गर्ने गरिएको उनको भनाइ छ ।

सबै अस्पतालमा पुनःस्थापना केन्द्र नहुने भएकाले बिरामीको रोजाइ भरतपुर अस्पताल पर्ने गर्दछ । प्रा डा पौडेलले भने, ‘भरतपुर अस्पतालमै यसको पूर्णरुपमा उपचार गर्न सक्छौँ । राज्यले पनि पक्षघात (स्पाइनल कर्ड इन्जुरी) लाई कडा रोगको सूचीमा राखेर एक लाखसम्मको उपचार निःशुल्क दिएको छ ।’

 

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ११ : ५४ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस