सबै दलबाट विश्वासको मत पाउनु प्रचण्डको खुबी हो | Khabarhub Khabarhub

सबै दलबाट विश्वासको मत पाउनु प्रचण्डको खुबी हो


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संसदीय अङ्कगणितले शक्तिशाली यो सरकार यति बेला धेरै समस्याको चाङ बोकेर बसिरहेको छ। के यो सरकारले लामो समय देखि जड गाडेर बसेका देश र जनताका समस्याहरूलाई समाधान गर्ला ? तर यो सरकारले जति यसको अंकगणितिय शक्ति छ, त्यसको आधारमा लामो समय देखि जगडिएर रहेका समस्यालाई समाधान गर्ने खालका काम गर्ला त ? यसै विषयमा आधारित रहेर नेकपा माओवादी केन्द्रका नेता तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश:

नेपालमा अहिलेसम्म विकास सम्भव नभएर हो कि राजनीतिक दलहरूको नियतमा नै खराबी भएर विकास नभएको ?
नेपालमा चाहेर पनि लगानी गर्ने स्रोत नै छैन। अहिलेको सरकारमा प्रधानमन्त्रीले सोचेको भन्दा पनि बढी मत प्राप्त गर्नु भएको छ। अहिलेको प्रधानमन्त्रीले भर्खरै पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेर मृत्यु हुनेका परिवारलाई केही गरौँ भनेर भन्नु भयो। उहाँले पहिलो पटक प्रधानमन्त्री हुँदा केही सिक्नु भयो, दोस्रो पटक हुँदा झन् सिक्ने मौका पाउनु भयो र अब गर्नु हुन्छ।

यो सरकारले के गर्ने ?
यो सरकार तिन महिनाको पनि भएको छैन। शिक्षा स्वास्थ्य र कृषिमा क्षेत्रमा समयमा मल र बीउ वितरण गराउनु पर्‍यो। यो सुरुवात हुँदैछ, भन्ने बित्तिकै यो आउँदैन। पहिला एउटा नीति बनाउनु पर्दछ र यो नियमबद्ध तरिकाले सबैको सल्लाहमा गर्नु पर्दछ। सुशासन कायम गर्नु पर्‍यो भ्रष्टाचार अन्य गर्नु पर्दछ।

धेरै दलहरू मिलेर पाएको मत पनि प्रचण्डलाई भार भएको त छैन ?
प्रचण्डलाई सबै दलहरुले दिएको मतलाई भर भन्नु हुँदैन। सरकारसँग हाम्रो पार्टीले एउटा आह्वान गरेर सबैले हामीलाई साथ दिनुहोस् भन्यौँ। त्यसमा नेपाली कांग्रेस पनि आएको हो। पद जति रहन्छ त्यो बेला सम्म जति सकिन्छ त्यो विकास गर्नु पर्‍यो। कोही पनि यो गठबन्धन टुट्छ कि भनेर डराउनु पर्दैन। प्रचण्डमा एउटा राष्ट्रिय एकता गराउने खुबी छ, त्यसैले उहाँले सबैलाई मिलाएर लानु हुन्छ। यत्रो बहुमत पाउनु पनि प्रचण्डको खुबी हो। सुरक्षा, स्वास्थ्य, शिक्षा लगायतमा विकास गर्नु पर्दछ सैद्धान्तिक रूपमा सिट थोरै होला मुख्य कुरा भनेको बिचार हो।

यो सरकारले जनताले महसुस गर्ने गरी के गर्नु पर्ला ?
बाहिरी सङ्गठनमा जनताका दुख समस्याहरू उजागर गर्ने छौँ। जनताको जनजीविकाका कुरा पनि हामी उठाउँछौँ। समग्रमा कृषिमा बिउ बिजन वितरण गर्ने, उत्पादन गरेका सामान बेच्न पर्याप्त मात्रामा बजारको व्यवस्थापन गर्ने। लोभ र त्यागबाट माथि उठ्यो भने आधा समस्या अन्त्य हुन्छ। सरकार भरखर बनेको छ। निराश कोही हुनु पर्ने अवस्था छैन। हामी लगायत सबैले आफ्नो तवरबाट यो सरकारलाई सफल बनाउनु पर्दछ। एउटा नेता असफल भए पनि राष्ट्र सफल हुनु पर्दछ। सबै राजनीतिक दलहरू इमानदार हुनु पर्‍यो, सरकार पनि इमानदारीताका साथ देश र जनताको लागि काम गर्नु पर्‍यो जुन नयाँ दलहरू आए उनीहरू हिजोको नेताहरू जस्तो लोभ र लालचमा लाग्नु हुँदैन।

(एभिन्युज टेलिभिजनसँगको सहकार्यमा पुष्पाञ्जली बस्नेतको प्रस्तुति)

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  ९ : ०८ बजे

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी