प्रधानमन्त्रीको पिँजडा कसिलो नबनाउन ओलीलाई विश्वप्रकाशको सुझाव « Khabarhub

प्रधानमन्त्रीको पिँजडा कसिलो नबनाउन ओलीलाई विश्वप्रकाशको सुझाव


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै आफ्नो पार्टीले माछा मार्न ढोक्सा नथापेको प्रस्टीकरण दिएका छन्। आजको प्रतिनिधिसभाको बैठकमा सभामुखमा ईश्वरी न्यौपानेलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव राख्ने क्रममा उनले ओलीलाई त्यस्तो जवाफ दिएका हुन्।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनुअघि कांग्रेसले विश्वासको मत दिने निर्णय गरेपछि ओलीले कांग्रेसले माछा मार्न ढोक्सा थापेको भए त्यो ढोक्सा रित्तै हुने बताएका थिए। त्यसको जवाफमा शर्माले कांग्रेस संसदको सबैभन्दा ठूलो दलको नाताको हैसियतले सभामुखमा उम्मेदवारी दिनु कुनै नौलो कुरा नभएको भन्दै प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैमा माछा मार्न ढोक्सा थापेको भन्न नमिल्ने बताए।

उनले ओली आफू प्रधानमन्त्री हुँदा प्रचण्डलाई उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बन्न नदिने, अहिले प्रचण्ड प्रधानमन्त्री बन्दा आफू उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बनेर पिँजडालाई कसिलो नबनाउन आग्रह गरे।

शर्माले राष्ट्रपतिमा कांग्रेसले आँखा लगाए पनि त्यसमा नतर्सन सबैलाई आग्रह पनि गरे।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  १२ : ४४ बजे

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले

निर्वाचन नजिकिँदै गर्दा झापामा उच्च सतर्कता, सुरक्षा व्यवस्था कडा

भद्रपुर– जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा

गृहमन्त्रीद्वारा काठमाडौंका कारागार निरीक्षण, सुधारका लागि निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय

सुनसरी-१ मा हर्कलाई भारी पर्न सक्छिन् गोमा, संकटमा कम्युनिस्ट विरासत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी लगायतको एकीकरण अफरलाई