ओसासुनालाई हराउँदै रियलले बार्सिलोनासँग अंक दुरी घटायो « Khabarhub

ओसासुनालाई हराउँदै रियलले बार्सिलोनासँग अंक दुरी घटायो


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगामा रियल म्याड्रिडले ओसासुनामाथि सहज जित दर्ता गर्दै उपाधि दाबेदार बनेको छ।

रियलले घरेलु टोली ओसासुनालाई २–० ले पराजित गर्दै रियलले शीर्षस्थानको बार्सिलोनासँग अंक दुरी ५ मा छोटाएको हो ।

पाम्पलोनामा शनिबार राति भएको खेलमा पाहुना टोली रियलको जितमा दोस्रो हाफमा नै फेडे भाल्भेर्डे र मार्को एसेन्सियोले गोल गरे ।

प्रतिस्पर्धात्मक खेलको ७८औं मिनेटमा भाल्भेर्डेले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए र ८९औं मिनेटमा भिनिसियसले गोल गरेका थिए तर भिएआरबाट मान्यता पाएन । त्यसपछि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा परिवर्तित खेलाडी मार्को एसेन्सियोले गोल गर्दै रियलको २–० को अग्रता दिलाए ।

यस जितसँगै दोस्रो स्थानमा रहेको रियलको २२ खेलबाट ५१ अंक पुगेको छ । एक खेल कम खेलेको बार्सिलोनाको ५६ अंक छ । पराजित ओसासुना ३० अंक जोडेर १०औं स्थानमा छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ८ : ०५ बजे

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र

न्यूयोर्क पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क पुगेका छन् । संयुक्त

अर्थमन्त्रीसँग वनमन्त्रीको भेट, रासायनिक मलको आपूर्तिबारे छलफल

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री डा स्वर्णिम वाग्लेसँग कृषि, वन तथा पर्यावरणमन्त्री