इन्जुरी समयको २ गोलले आर्सनल पुनः शीर्ष स्थानमा « Khabarhub

इन्जुरी समयको २ गोलले आर्सनल पुनः शीर्ष स्थानमा


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्जुरी समयमा लगातार दुई गोल गरेपछि आर्सनल ४–२ ले विजयी भएको छ । इंग्लिस प्रिमियर लिग फुटबलमा गए राति भएको खेलमा एस्टन भिल्लासँगको सम्भावित बराबरी टार्दै आर्सनलले महत्वपूर्ण जित हासिल गरेको हो।

सुरुवातबाटै रोमान्चक बनेको खेलमा पाँचौं मिनेटमा ओली वाट्किन्सको गोलमार्फत घरेलु टोली एस्टन भिल्लालाई अग्रता दिलाएका थिए तर खेलको १६औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई १–१ गोलको बराबरीमा ल्याए।

३१औं मिनेटमा फिलिपे कौटिन्होले गोल गर्दै एस्टनलाई २–१ को अग्रता दिलाए। दोस्रो हाफमा पुन आर्सनल खेलमा फर्कियो। ६१औं मिनेटमा ओलेक्सान्डर जिनचेन्कोले गोल गर्दै आर्सनललाई २–२ गोलको बराबरीमा पुर्‍याए।

त्यसपछि इन्जुरी समयमा धकेलिएको खेलमा आर्सनल लगातार दुई गोल गर्न सफल भयो। जोर्गिन्होको सट पोलमा लागेर बाहिरिएको बलमा लडेका गोलरक्षक इमिलियानो मार्टिनेजसँग डिफ्लेक्टेड भएर गोल भएपछि आर्सनलले खेलमा ३–२ को अग्रता बनायो। चौंथो गोल इन्जुरी समयको आठौं मिनेटमा गाब्रियल मार्टिनेलीले खाली पोस्टमा गोल गरेका थिए। केहि सेकेन्ड बाँकी रहँदा सबै खेलाडी अगाडि बढेको मौकामा काउन्टर अट्याकमा खाली पोस्टमा गाब्रियलले गोल गरेर आसनललाई ४–२ को अग्रता दिलाए ।

जितसँगै आर्सनल सिटीको खेल अघिसम्म पुन: शीर्ष स्थानमा फर्किएको छ। आर्सनलले २३ खेलमा ५४ अङ्क जोडेको छ। एस्टन भिल्ला भने २३ खेलमा २८ अङ्क जोडेर ११औं स्थानमा रहेको छ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ८ : ३० बजे

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रमाणको मिसिल झिकाउन जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

नेविसंघका अध्यक्ष शेर्पा कार्यकाल सकेर भए बिदा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)

कर्मचारीलाई सरकारले भन्यो : तत्काल ट्रेड युनियनका कार्यालय बन्द गरेर तोकिएको काममा फर्किनू

काठमाडौँ । सरकारले ट्रेड युनियनका सबै कार्यालयहरू तत्काल बन्द गर्न