शीर्ष स्थानमा रहेको बार्यन म्युनिख ३–२ ले पराजित « Khabarhub

शीर्ष स्थानमा रहेको बार्यन म्युनिख ३–२ ले पराजित


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शीर्ष स्थानमा रहेको बायर्न म्युनिख ३–२ गोलले पराजित भएको छ । शनिबार राति भएको खेलमा जर्मन बुन्डेसलिगा फुटबलमा बायर्नलाई बोरुसिया मन्छेनग्लाडबाखले हराएको हो ।

खेलको आठौं मिनेटमा डायोट उपामेकानोले रातो कार्ड पाएपछि १० खेलाडीमा समेटिनु परेको बार्यनमाथी खेलको १३औं मिनेटमा लार्स स्टिनडलले गोल गर्दै मन्छेनग्लाडबाखलाई सुरुआती अग्रता दिलाए । तर, ३५ औं मिनेटमा एरिक म्याक्सिम मोटिङले गोल गर्दै बायर्नलाई १–१ गोलको बराबरीमा ल्याउन सफल भए ।

खेलको ५५ औं मिनेटमा जोनास होफ्म्यानले गोल गर्दै मन्छेनग्लाडबाखलाई २–१ को अग्रता दिलाए। ८४ औं मिनेटमा पुग्दा मार्कुस थुरामले गोल गर्दै मन्छेनग्लाडबाखलाई ३–१ को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा बायर्नका म्याथस टेलले थप एक गोल गरे पछि मन्छेनग्लाडबाख ३–२ ले विजयी भयो ।

बायर्न २१ खेलमा ४३ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ। जितसँगै मन्छेनग्लाडबाखले २१ खेलमा २९ अंक जोडेर आठौं स्थानमा छ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ७ : ०७ बजे

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र

न्यूयोर्क पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क पुगेका छन् । संयुक्त

अर्थमन्त्रीसँग वनमन्त्रीको भेट, रासायनिक मलको आपूर्तिबारे छलफल

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री डा स्वर्णिम वाग्लेसँग कृषि, वन तथा पर्यावरणमन्त्री