तरकारी र फलफूलको आजको मूल्य कति? « Khabarhub

तरकारी र फलफूलको आजको मूल्य कति?


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार कालो अंगुरको औसत मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अदुवा ९०, नेपाली ठूलो गोलभेँडा ३५ रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ७० रुपैयाँ, अम्बा १०० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, रातो आलु २६ रुपैयाँ, स्थानीय काउली २० रुपैयाँ, कागती १५० रुपैयाँ, किवि ३०० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ तोकिएको छ।

यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ५० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, टनेल गोलभेँडा १५ रुपैयाँ, राजमा घिउ सिमी ७० रुपैयाँ, चमसूरको साग ४० रुपैयाँ, कन्य च्याउ १२० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तितो करेला १४० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, पालुंगो साग ४० रुपैयाँ, भारतीय सुकेको प्याज ३४ रुपैयाँ, हरियो प्याज ५० र हरियो धनियाँ ३० रुपैयाँ कायम गरिएको छ।

यसैगरी, ताजा रहु माछा ३३० रुपैयाँ केजी, मुंगरी माछा ३१० रुपैयाँ केजी, ताजा बचुवा माछा २६० रुपैयाँ केजी र ताजा छडीको माछा प्रतिकेजी २४० रुपैयाँमा बिक्री भइरहेको छ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ८ : ४९ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल