सुनको मूल्य तोलामा ७०० रुपैयाँ बढ्यो « Khabarhub

सुनको मूल्य तोलामा ७०० रुपैयाँ बढ्यो


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको हो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुन चाँदीको मूल्य निरन्तर बढिरहेको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँ थियो ।

तेजाबी सुन तोलामा १ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ थियो ।

आइतबार चाँदीको मूल्य पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेको चाँदीको मूल्य १२ सय ९० रुपैयाँ पुगेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १२ सय ७५ रुपैयाँ थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  १२ : १३ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल