एसईईका परीक्षार्थीका लागि निःशुल्क अतिरिक्त कक्षा « Khabarhub

एसईईका परीक्षार्थीका लागि निःशुल्क अतिरिक्त कक्षा


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा(एसईई)लाई मध्यनजर गरी सामुदायिक विद्यालयमा निःशुल्क अतिरिक्त कक्षा सञ्चालन गरेको छ। नगरपालिका क्षेत्रमा रहेका माध्यमिक तहमा पढाइ हुने १३ सामुदायिक विद्यालयमा उक्त कक्षा सञ्चालन गरिएको हो।

कमजोर विद्यार्थीका लागि अङ्गे्रजी, गणित र विज्ञान विषयको अतिरिक्त कक्षा सञ्चालन भइरहेको नगरपालिकाको शिक्षा शाखाका नायबसुव्बा दीपेन्द्र जोशीले बताए। उनका अनुसार न्यूनतम ३५ दिन अनिवार्य कक्षा सञ्चालनको व्यवस्था गरिएको र यसका लागि रु पाँच लाख परिचालन गरिएको छ।

“अतिरिक्त कक्षा सञ्चालन गर्ने विद्यालयलाई प्रतिविद्यार्थी लागतका आधारमा निकासा दिने निर्णय गरेका छौँ” प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले भने, “विद्यालयलाई विद्यार्थीको विषयगत हाजिरी र अध्यापन कार्यमा सम्लग्न शिक्षकको दैनिक उपस्थिति हाजिरी दुरुस्त राख्न भनेका छौँ।”

अतिरिक्त कक्षाको शिक्षा समिति, शिक्षा शाखा र नगरपालिकाले नियमित अनुगमन गरिरहेका छन्। अतिरिक्त कक्षा सञ्चालन भएपछि एसइईमा सहभागी हुने विद्यार्थीलाई पठनपाठनमा सघाउ पुगेको छ। “गरिब परिवारका विद्यार्थीले ट्युसन पढन सक्ने अबस्था हुदैन” शिक्षा समिति सदस्य शेरबहादुर साउदले भने, “त्यस्ता विद्यार्थीले अतिरिक्त कक्षामा सहभागी भएर नबुझेका विषयबस्तुसँगै एसइईमा सोधिने प्रश्नबारे शिक्षकलाई सोधेर सामाधान खोज्छन्, यसबाट राम्रो अङ्क ल्याउन मद्दत पुग्छ।”

“एसइई दिने विद्यार्थीलाई अतिरिक्त कक्षामार्फत पढाइ हुन थालेपछि ट्युसन पढने झन्झटबाट विद्यार्थीले छुटकारा पाएका छन्,” उनले थपे, “यसबाट विद्यार्थीले ट्युसन पढनु नपरेको र अभिभाकले ट्युसन पढाउनका लागि खर्च गर्नुपर्ने रकमसमेत जोगिएको छ।”

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  १२ : २८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै