हाम्रो पात्रोको डिजिटल वालेट 'हाम्रो पे' सञ्चालनमा | Khabarhub Khabarhub

हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ सञ्चालनमा


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालकै सर्वाधिक लोकप्रिय एप हाम्रो पात्रोले डिजिटल वालेट सेवा सुरु गरेको छ । हाम्रो पात्रो एपमा ‘हाम्रो पे’ डिजिटल वालेटको सुविधा थपिएको हो । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै हाम्रो पात्रोले आफ्नो डिजिटल वालेट सार्वजनिक गरेको हो ।

यससँगै प्रयोगकर्ताले हाम्रो पात्रो एपबाट डिजिटल वालेट ‘हाम्रो पे’ प्रयोग गर्न सक्नेछन् । यसका लागि छुट्टै मोबाइल एप भने डाउनलोड गर्नु पर्ने छैन । एक करोडभन्दा बढी प्रयोगकर्ता रहेको हाम्रो पात्रोमै डिजिटल वालेट उपलब्ध भएसँगै एपका सबै प्रयोगकर्ताले सहजै डिजिटल भुक्तानीमा पहुँच पाउन सक्ने एपले जानकारी दिएको छ ।

हाम्रो पात्रोलाई नेपालको सुपर एप बनाउने उद्देश्यका साथ डिजिटल भुक्तानीको रुपमा ‘हाम्रो पे’ सञ्चालनमा ल्याइएको हाम्रो पे इंकका संस्थापक तथा सीईओ शंकर उप्रेतीले बताए । “हामी हाम्रोपात्रोलाई सुपर एप बनाउन खोज्दैछौँ । प्रयोगकर्ताहरूले हामीलाई दिएको यतिधेरै विश्वासकै कारण हामी एउटै एपमा दैनिकीमा आवश्यक पर्ने सम्पूर्ण आवश्यकताहरूलाई समेट्न खोज्दैछौं,” उनले भने, “त्यसै अन्तर्गत हामीले हाम्रो आफ्नै डिजिटल वालेट ‘हाम्रो पे’ ल्याएका हौँ । यसले अनलाइन भुक्तानीलाई हाम्रा एक करोड प्रयोगकर्ता माझ पु¥याउने हाम्रो विश्वास छ ।”

खर्च ट्र्याक गर्न सकिने, मिलेर बिल तिर्ने (स्प्लिट एन्ड पे), साथीसँग पैसा सापटी माग्ने, ‘लाइभ च्याट सपोर्ट’ लगायतका मौलिक फिचर रहेको हाम्रो पे विभिन्न छ भाषामा प्रयोग गर्न सकिन्छ । नेपाल पेको क्यूआर राखिएको एपमा ३० भन्दा बढी बैंकबाट रकम लोड गर्न सकिने विकल्प उपलब्ध छ । अङ्ग्रेजीसँगै नेपाली, नेपालभाषा, मैथिली, थारू र डोटेली भाषामा हाम्रो पे उपलब्ध रहने जनाइएको छ । हाम्रो पात्रोका अध्यक्ष रुद्र पाण्डेले ‘हाम्रो पे’ ले अनलाइन भुक्तानी प्रणालीलाई थप सहज तथा सरल बनाउने कुरामा आफू विश्वस्त रहेको बताए । “हाम्रो पेलाई प्रयोगकर्तामाझ पुर्याउन हाम्रा इन्जिनियरहरूको दिनरातको मेहेनतको म कदर गर्छु,” उनले भने, “एक करोडभन्दा बढी प्रयोगकर्ताहरू माझ पुग्ने हाम्रो पेले सबैको विश्वास जित्नेछ भन्ने कुरामा ढुक्क छु ।”

 

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  २ : ५१ बजे

नेपाली क्रिकेट टोलीलाई यूएईले दियो भिसा, सोमबार उड्ने

काठमाडौँ- वेस्ट इन्डिजविरुद्ध युनिटी कप टी–२० आई खेल्न जाने नेपाली

जनश्रमदानबाट सडक मर्मत

पर्वत- पातीचौर–देउपुर–लप्सीबोट–भुकताङ्ले सडक स्थानीयवासीले श्रमदान गरेर मर्मत गरेका छन् । विसं

‘लोकतन्त्रको रक्षाका लागि कांग्रेस एकजुट हुनुपर्छ’

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले लोकतन्त्रको रक्षाका लागि

ऊर्जामन्त्री घिसिङको वाचा : निराशा हटाउँछौँ, सुशासनका लागि कसैसँग सम्झौता हुँदैन

काठमाडौँ- ऊर्जा, भौतिक योजना र सहरी विकासमन्त्री कुलमान घिसिङले मुलुकमा

भारतीय राजदूत निरन्तर सक्रिय, भेटे ऊर्जामन्त्री घिसिङलाई

काठमाडौँ- ऊर्जा, सहरी विकास तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङ र