हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ सञ्चालनमा « Khabarhub

हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ सञ्चालनमा


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालकै सर्वाधिक लोकप्रिय एप हाम्रो पात्रोले डिजिटल वालेट सेवा सुरु गरेको छ । हाम्रो पात्रो एपमा ‘हाम्रो पे’ डिजिटल वालेटको सुविधा थपिएको हो । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै हाम्रो पात्रोले आफ्नो डिजिटल वालेट सार्वजनिक गरेको हो ।

यससँगै प्रयोगकर्ताले हाम्रो पात्रो एपबाट डिजिटल वालेट ‘हाम्रो पे’ प्रयोग गर्न सक्नेछन् । यसका लागि छुट्टै मोबाइल एप भने डाउनलोड गर्नु पर्ने छैन । एक करोडभन्दा बढी प्रयोगकर्ता रहेको हाम्रो पात्रोमै डिजिटल वालेट उपलब्ध भएसँगै एपका सबै प्रयोगकर्ताले सहजै डिजिटल भुक्तानीमा पहुँच पाउन सक्ने एपले जानकारी दिएको छ ।

हाम्रो पात्रोलाई नेपालको सुपर एप बनाउने उद्देश्यका साथ डिजिटल भुक्तानीको रुपमा ‘हाम्रो पे’ सञ्चालनमा ल्याइएको हाम्रो पे इंकका संस्थापक तथा सीईओ शंकर उप्रेतीले बताए । “हामी हाम्रोपात्रोलाई सुपर एप बनाउन खोज्दैछौँ । प्रयोगकर्ताहरूले हामीलाई दिएको यतिधेरै विश्वासकै कारण हामी एउटै एपमा दैनिकीमा आवश्यक पर्ने सम्पूर्ण आवश्यकताहरूलाई समेट्न खोज्दैछौं,” उनले भने, “त्यसै अन्तर्गत हामीले हाम्रो आफ्नै डिजिटल वालेट ‘हाम्रो पे’ ल्याएका हौँ । यसले अनलाइन भुक्तानीलाई हाम्रा एक करोड प्रयोगकर्ता माझ पु¥याउने हाम्रो विश्वास छ ।”

खर्च ट्र्याक गर्न सकिने, मिलेर बिल तिर्ने (स्प्लिट एन्ड पे), साथीसँग पैसा सापटी माग्ने, ‘लाइभ च्याट सपोर्ट’ लगायतका मौलिक फिचर रहेको हाम्रो पे विभिन्न छ भाषामा प्रयोग गर्न सकिन्छ । नेपाल पेको क्यूआर राखिएको एपमा ३० भन्दा बढी बैंकबाट रकम लोड गर्न सकिने विकल्प उपलब्ध छ । अङ्ग्रेजीसँगै नेपाली, नेपालभाषा, मैथिली, थारू र डोटेली भाषामा हाम्रो पे उपलब्ध रहने जनाइएको छ । हाम्रो पात्रोका अध्यक्ष रुद्र पाण्डेले ‘हाम्रो पे’ ले अनलाइन भुक्तानी प्रणालीलाई थप सहज तथा सरल बनाउने कुरामा आफू विश्वस्त रहेको बताए । “हाम्रो पेलाई प्रयोगकर्तामाझ पुर्याउन हाम्रा इन्जिनियरहरूको दिनरातको मेहेनतको म कदर गर्छु,” उनले भने, “एक करोडभन्दा बढी प्रयोगकर्ताहरू माझ पुग्ने हाम्रो पेले सबैको विश्वास जित्नेछ भन्ने कुरामा ढुक्क छु ।”

 

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  २ : ५१ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको