जथाभावी फोहोर फाल्ने एनआईसी बैंकलाई ११ हजार रुपैयाँ जरिवाना | Khabarhub Khabarhub

जथाभावी फोहोर फाल्ने एनआईसी बैंकलाई ११ हजार रुपैयाँ जरिवाना


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वीरगञ्ज महानगरलाई स्वच्छ सफा बनाउने अभियानका क्रममा पटक पटक चेतावनी दिँदासमेत सडकमा फोहोर फालेपछि एनआईसी एसिया बैंक वीरगञ्ज शाखा जरिवानामा परेको छ ।

महानगरको निर्णय अटेरी गर्दै फोहोर फालेको आरोपमा बैंकबाट आज ११ हजार रुपैयाँ जरिवाना असुल गरिएको हो ।

महानगरपालिकाले पहिलो पटक चेतावनी दिएको र दोस्रो पटक ५ हजार जरिवाना समेत गरि सकेको अवस्थामा पुनः एनआईसी एसिया बैंकले अटेरी गर्दै सडकमा फोहोर फालेपछि ११ हजार रुपैयाँ जरिवाना असुल गरिएको वीरगञ्ज महानगरपालिकाका सरसफाइ अधिकृत सर्फुदिन मियाँले जानकारी दिए ।

फेरि पनि फोहोर फालेको भेटिएमा २५ हजारदेखि २ लाखसम्म जरिवाना असुल गरिने वीरगञ्ज महानगरपालिकाले चेतावनी दिएको छ ।

महानगरले विगत एक सातायता नगर क्षेत्र भित्र जथाभावी फोहोर फाल्ने झण्डै २ सय भन्दा बढीलाई जरिवानासहित कारबाही गरेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ६ : ३९ बजे

भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन

महोत्तरी– भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको छ

जसपा नेपाल फुटविरुद्ध रिटको पेसी आज

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी

संसदीय छानबिन समितिको कार्यादेश तय गर्न कार्यदलको बैठक बस्दै

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) तयार

जलवायु परिवर्तनको क्षेत्रमा बेलायतले नेपाललाई सघाउने

काठमाडौं– संयुक्त अधिराज्यका प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई

वीरगञ्ज महानगरद्वारा ४० करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा ३९ करोड