सभामुख घिमिरेले पत्रकारमाथि गरेको टिप्पणीप्रति आत्मालोचना गर्नुपर्छ : महामन्त्री शर्मा | Khabarhub Khabarhub

सभामुख घिमिरेले पत्रकारमाथि गरेको टिप्पणीप्रति आत्मालोचना गर्नुपर्छ : महामन्त्री शर्मा


५ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुख देवराज घिमिरेले पत्रकारिता पेसा र पत्रकारको व्यावसायिक मर्यादामा आँच पु¥याउने गरी दिएको अभिव्यक्तिप्रति विमति  जनाएका छन् । सभामुख घिमिरेले पत्रकारमाथि गरेको टिप्पणीप्रति आत्मआलोचना गर्नुपर्ने महामन्त्री शर्माको भनाइ छ ।

आज सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले देशमा लोकतान्त्रिक रूपान्तरणका लागि आफैँ संलग्न भएको राज्यको चौथो अङ्गका रूपमा रहेको पत्रकारिता क्षेत्रप्रतिको अभिव्यक्ति आपत्तिजनक भएको टिप्पणी गरे । सभामुखले देशको चौथो अङ्गको सन्दर्भमा बोल्नुभन्दा अगाडि हजार पटक सोच्नुपर्ने बताउँदै उनले भने, “सभामुखले जे बोल्नुभएको छ, त्यो विषय गम्भीर नोटिसमा समाजको सामुन्ने छ, त्यसप्रति हामी सबैको विमति छ ।”

शुक्रबार सङ्घीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानूनका विषयमा छलफल गर्न र सभामुखलाई बधाई ज्ञापन गर्ने कार्यक्रममा सभामुख घिमिरेले पत्रकार महासङ्घको प्रतिनिधिमण्डललाई ‘पत्रकार बिक्रीमा छन्’ भनी अभिव्यक्ति दिएका थिए ।

महामन्त्री शर्माले भने, “झापा क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको नेकपा (एमाले)का सांसदका रूपमा देवराज घिमिरेले के बोल्नुहुन्छ, त्यो उहाँको कुरा हो, तर सभामुख देवराज घिमिरेले पत्रकारका विषयमा गरेको टिप्पणी समाजको सामुन्नेमा गम्भीर ‘नोटिस’ मा रहेको छ ।” सभामुख घिमिरेले दिएको अभिव्यक्तिलाई लिएर नेपाल पत्रकार महासङ्घ, नेपाल प्रेस युनियन लगायतका सङ्घरसंस्थाले विज्ञप्तिमार्फत आपत्तिसमेत जनाउँदै आएका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ९ : ५३ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास