सभामुख घिमिरेले पत्रकारमाथि गरेको टिप्पणीप्रति आत्मालोचना गर्नुपर्छ : महामन्त्री शर्मा « Khabarhub

सभामुख घिमिरेले पत्रकारमाथि गरेको टिप्पणीप्रति आत्मालोचना गर्नुपर्छ : महामन्त्री शर्मा


५ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुख देवराज घिमिरेले पत्रकारिता पेसा र पत्रकारको व्यावसायिक मर्यादामा आँच पु¥याउने गरी दिएको अभिव्यक्तिप्रति विमति  जनाएका छन् । सभामुख घिमिरेले पत्रकारमाथि गरेको टिप्पणीप्रति आत्मआलोचना गर्नुपर्ने महामन्त्री शर्माको भनाइ छ ।

आज सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले देशमा लोकतान्त्रिक रूपान्तरणका लागि आफैँ संलग्न भएको राज्यको चौथो अङ्गका रूपमा रहेको पत्रकारिता क्षेत्रप्रतिको अभिव्यक्ति आपत्तिजनक भएको टिप्पणी गरे । सभामुखले देशको चौथो अङ्गको सन्दर्भमा बोल्नुभन्दा अगाडि हजार पटक सोच्नुपर्ने बताउँदै उनले भने, “सभामुखले जे बोल्नुभएको छ, त्यो विषय गम्भीर नोटिसमा समाजको सामुन्ने छ, त्यसप्रति हामी सबैको विमति छ ।”

शुक्रबार सङ्घीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानूनका विषयमा छलफल गर्न र सभामुखलाई बधाई ज्ञापन गर्ने कार्यक्रममा सभामुख घिमिरेले पत्रकार महासङ्घको प्रतिनिधिमण्डललाई ‘पत्रकार बिक्रीमा छन्’ भनी अभिव्यक्ति दिएका थिए ।

महामन्त्री शर्माले भने, “झापा क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको नेकपा (एमाले)का सांसदका रूपमा देवराज घिमिरेले के बोल्नुहुन्छ, त्यो उहाँको कुरा हो, तर सभामुख देवराज घिमिरेले पत्रकारका विषयमा गरेको टिप्पणी समाजको सामुन्नेमा गम्भीर ‘नोटिस’ मा रहेको छ ।” सभामुख घिमिरेले दिएको अभिव्यक्तिलाई लिएर नेपाल पत्रकार महासङ्घ, नेपाल प्रेस युनियन लगायतका सङ्घरसंस्थाले विज्ञप्तिमार्फत आपत्तिसमेत जनाउँदै आएका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ९ : ५३ बजे

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय