नवलपुरका विभिन्न वनका ५३ स्थानमा डढेलो « Khabarhub

नवलपुरका विभिन्न वनका ५३ स्थानमा डढेलो


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विभिन्न वनका ५३ स्थानमा डढेलो लागेको छ । फागुनयता ती स्थानमा डढेलो लागेको हो ।

डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमका अनुसार हाल दुई हजार छ सय ५० हेक्टरमा डढेलो लागेको छ । डढेलो लागेको क्षेत्र बढ्न सक्ने उनले बताए । “फागुनभन्दा चैतमा यहाँका सामुदायिक वनमा डढेलो लाग्ने क्रम बढेको पाइएको छ”, उनले भने । धेरैजसो क्षेत्रमा आगो नियन्त्रणमा आएको गौतम बताउँछन् । “अहिले थप केही क्षेत्रमा डढेलो लागेको सूचना प्राप्त भएको छ”, उनले भने ।

डढेलो नियन्त्रणका लागि समय समयमा यस सम्बन्धी कार्यक्रम वन कार्यालयले गर्ने गरेको छ । सामुदायिक वनले हेरालु राख्ने गरेका छन् । उनीहरुले अग्नि नियन्त्रण समूहसमेत बनाएका छन् । आगो लगाउँदा नयाँ घाँस पलाउने, च्याउ उम्रनेलगायत धारणाका कारण स्थानीयले आगो लगाउने गरेको पाइएको गौतमले बताए ।

“पहिला–पहिला खोरिया फाँड्न वनमा आगो लगाउने चलन थियो, हाल यस्तो गरेको पाइँदैन”, उनले भने । डढेलोका कारण यहाँको वायुमण्डल धुवाँले ढाकेको छ । धुवाँले आँखा पोल्ने, श्वासप्रश्वासमा समस्या आउनेलगायत स्थिति रहेको मध्यविन्दु जिल्ला अस्पतालका जनस्वास्थ्य अधिकृत  छविलाल सुवेदीले बताएका छन् । चस्मा प्रयोग गर्ने, बेला–बेलामा चिसो पानीले आँखा धुने, मास्क लगाउनेजस्ता उपाय अपनाउन उनले सबैमा आग्रह गरेका छन् । नवलपुरमा करिब ७० हजार चार सय हेक्टर वन रहेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ७ : ०२ बजे

रोजगारमन्त्री यादवले भने- स्वदेशमै रोजगारी सिर्जना गर्न जोड दिएका छौँ

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आन्तरिक रोजगारी प्रवर्द्धनलाई

युद्ध-विरामको बाबजुद लेबनानमा इजरायली आक्रमण

एजेन्सी– मध्यपुर्व युद्धमा घोषण भएको शान्ति सम्झौताको बाबजुद इजरायली सेनाले

विश्वकपमा अस्ट्रियाको ३६ वर्षपछिको ऐतिहासिक जित, जोर्डन ३-१ ले पराजित

काठमाडौं- अस्ट्रियाले फिफा विश्वकपको फाइनल चरणमा १९९० यताकै पहिलो जित

नवीकरण म्याद समाप्त भएका ५ हजार बढि औषधि पसलहरूको प्रमाणपत्र रद्द

काठमाडौं– औषधि व्यवस्था विभागले नवीकरण म्याद समाप्त भएका औषधि पसलहरूको

निश्कलको व्यङ्ग्य- प्रधानमन्त्रीलाई पसलमा चिया पिउन फुर्सद छ, किसानको समस्या सुन्न समय रहेनछ

काठमाडौं–  नेपाली कांग्रेसका सचेतक निश्कल राईले भारतमा चिया निर्यातमा देखिएको