स्वास्थ्यकर्मी चार महिनादेखि पारिश्रमिकबिहीन « Khabarhub

स्वास्थ्यकर्मी चार महिनादेखि पारिश्रमिकबिहीन


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

भजनी – कैलालीको  भजनी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि पारिश्रमिक पाएका छैनन् । सङ्घीय सरकारबाट स्थानीय तहमा समायोजन भएर आएका ४० स्वास्थ्यकर्मीले चार महिनादेखि तलब पाउन सकेका छैनन् ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरी स्वास्थ्यकर्मीले तलब भत्ता नपाउँदा दिनहुँ किचलो हुने गरेको बताउँछन् । नगरपालिकाले करार तथा ज्यालादारीमा राखेका कर्मचारीलाई भने पारिश्रमिक उपलब्ध गराएको उनको भनाइ छ । चौधरी भन्छन्, “चार महिनादेखि बिना तलब काम गर्नुपरेको छ, घरखर्च कसरी चलाउने भन्ने स्थिति छ ।”

संघीय सरकारले दुई किस्तामा रकम उपलब्ध गराएको चौधरीले बताए । पहिलो किस्तामा रु एक करोड ९२ लाख र दोस्रो किस्तामा रु ४२ लाख पठाएको थियो । चालु आवमा रु एक करोड ४२ लाख बजेट उपलब्ध भएको उनले सुनाए । चौधरीले भने, “स्थानीय तहले  बजेट अभाव भएको भन्दै हाम्रो समस्या सुनवाइ गरेको छैन ।”

तत्काल नगरपालिकाबाटै भए पनि दुई महिनाको तलब उपलब्ध गराउन स्वास्थ्यकर्मीले माग गरेका छन् । नगरपालिकाका प्रमुख केवल चौधरीले स्वास्थ्यकर्मीको समस्या नगरपालिकाले समाधान गर्न नसक्ने बताए । स्वास्थ्यकर्मीलाई तलब खुवाउने जिम्मा सङ्घीय सरकारको भएको उनको भनाइ छ ।

“कर्मचारी सङ्घीय सरकारबाट आएका हुन् । उनीहरूको सेवा सुविधा सङ्घीय सरकारले नै बेहोर्नुपर्छ”, नगरप्रमुख चौधरीले भने, “हामीले नियुक्त गरेका कर्मचारीको सेवा सुविधा रोकेका छैनौँ ।”

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ८ : ५२ बजे

मन्त्रीले आफ्ना प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदले घेरे वेल 

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले आफूले उठाएको प्रश्नको जवाफ

‘नेपाल–बङ्गलादेश सहकार्यले समृद्धिमा टेवा पुग्छ’ 

काठमाडौं– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि बङ्गलादेशका राजदूत मोहम्मद

चिया निर्यातका समस्या समाधान गर्न कूटनीतिक माध्यमबाट पहल गरिरहेका छौँ : उद्योगमन्त्री 

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले चिया निर्यातमा देखिएको

राहदानी छपाइ अनियमितता प्रकरणमा थप दुई जना पक्राउ

काठमाडौं– ई–पासपोर्ट (राहदानी) छपाइसँग सम्बन्धित अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

दुग्ध उत्पादक कृषकलाई गाउँपालिकाको अनुदान

पर्वत– व्यावसायिक रुपमा पशुपालन गरी दूध उत्पादन गर्दै आएका कृषकलाई