निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारको नामावली सार्वजनिक « Khabarhub

निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारको नामावली सार्वजनिक


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवार भई तोकिएको समयावधिभित्र खर्चको विवरण नबुझाउने ७४ उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।

प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ३७ उम्मेदवारसहित  ७४ उम्मेदवारको नामावली प्रकाशन गरी ती उम्मेदवारलाई स्पष्टीकरण सोध्ने निर्णय आयोगले गरेको छ ।

उम्मेदवारीहरूलाई सात दिनभित्र खर्चको विवरण सार्वजनिक गरी सोको जानकारी सम्बन्धित जिल्लाको प्रदेश-जिल्ला निर्वाचन कार्यालयमा पेस गर्न निर्देशन दिइएको छ । निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्ने प्रतिनिधिसभाका सदस्य दुई हजार तीन सय ७३ र प्रदेशसभा सदस्य निर्वाचनका तीन हजार एक सय ८८ उम्मेदवारसहित पाँच हजार पाँच सय ६१ उम्मेदवारलाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को अनुसार सो निर्देशन दिइएको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन,प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार  निर्वाचन खर्चको विवरण राजनीतिक दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र आयोग वा आयोगले तोकेको कार्यालयसमक्ष पेस गर्नुपर्ने प्रावधान रहेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  १२ : २६ बजे

ह्याट्रिक गरेपछि मेस्सीको सम्मानमा स्टेडियम नै जुरुक्क उठ्यो 

काठमाडौं– लियोनल मेस्सी फुटबल इतिहासकै महान् खेलाडी रहेको मंगलबार राति फेरि

रौतहटको सवारी व्यवस्थापनमा सुधार

रौतहट– मधेस प्रदेशको रौतहट जिल्लामा गत आर्थिक वर्षको तुलनामा चालु

‘प्रेस स्वतन्त्रता, डिजिटल रूपान्तरण र ग्रामीण दूरसञ्चार विस्तार सरकारको प्राथमिकतामा’

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले अभिव्यक्ति स्वतन्त्रता,

युक्रेन युद्धबीच कजानमा पुटिन–आसियान बैठक

एजेन्सी– युक्रेन युद्ध अन्त्य गर्न पश्चिमी मुलुकहरू, विशेषगरी जी–७ ले

महाधिवेशन तयारीबारे छलफल गर्न रास्वपा सचिवालय बैठक बस्दै 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बिहीबार