मिटरब्याज पीडितको समस्या समाधान गर्न माग « Khabarhub

मिटरब्याज पीडितको समस्या समाधान गर्न माग


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) मिटरब्याज र तमसुक व्यवस्था पीडितसँग २०७९, चैत १८ गते सरकारले गरेको पाँच बुँदे सम्झौता कार्यान्वयन गर्नुपर्ने माग गरेको छ ।

महासङ्घले उक्त सम्झौता अक्षरशः कार्यान्वयन गर्दै जनतालाई अनुभूति हुने गरी यथाशीघ्र न्याय प्रदान गर्न र त्यस सम्बन्धमा सरकार तथा सम्बन्धित निकायले गरेका कार्यको विवरण निरन्तर सार्वजनिक गरी जनतालाई सुसूचित गर्नसमेत माग गरेको छ ।

‘लघुवित्तबाट पीडित जनताले देशव्यापी घोषणा गरेको सङ्घर्षमा पुनः ऐक्यबद्धता प्रकट गर्दै सङ्घर्षरत जनतासँग तत्काल वार्ता गरी समस्या समाधान गर्न हामी नेपाल सरकारसँग जोड्दार माग गर्दछौँ’, महासङ्घद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ ।

महासङ्घले लघुवित्त पीडितहरूको सङ्घर्षका क्रममा चितवनको मुग्लिनमा र मिटरब्याज पीडितहरूको सङ्घर्षका क्रममा काठमाडौँको शान्तिवाटिकामा प्रहरीद्वारा दमन भएको जनाउँदै विरोधसमेत गरेको छ ।  विज्ञप्तिमा भनिएको छ, ‘जनताले आफ्ना समस्याहरूबारे सङ्घर्ष गर्न पाउने अधिकारलाई सम्मान गर्न र अनावश्यक बल प्रयोग नगर्न  सरकारसँग जोडदार माग गर्दछौँ ।’

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ३ : ४२ बजे

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

सुनसरी– सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइलनमा

काठमाडौँ – फिफा विश्वकपमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइलनमा पुगेको छ