तीन वर्षपछि पहिलो पटक बन्दीपुरमा चिनियाँ पर्यटक « Khabarhub

तीन वर्षपछि पहिलो पटक बन्दीपुरमा चिनियाँ पर्यटक


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा चिनियाँ पर्यटक भित्रिएका छन् । कोभिड-१९ को सङ्क्रमण सुरु भएपछि विसं २०७६ चैतबाट चिनियाँ पर्यटकको आगमन बन्द भएको बन्दीपुरमा तीन वर्षपछि पहिलो पटक चिनियाँ पर्यटक आएका हुन् । 

बन्दीपुरमा लामो समयपछि चिनियाँ पर्यटकको आगमन भएपछि होटल व्यवसायी उत्साहित भएका छन् । होटल हिमालय दरबारका सञ्चालक वैश गुरुङले कोरोनापछि पहिलो पटक चिनियाँ पर्यटक बन्दीपुर भित्रिएको जानकारी दिए। ‘कोरोनापछि नेपालमा चिनियाँ पर्यटक आएका थिएनन्, कोरोनाभन्दा पहिला बन्दीपुरमा विदेशीमध्ये चिनियाँ पर्यटक बढी हुन्थे,’ गुरुङले भने, ‘कोरोनाले सुस्ताएको बन्दीपुरको पर्यटन अब विस्तारै लयमा फर्किदैछ ।’

काठमाडौँ ओर्लिएपछि पोखरा जाने क्रममा एकरात बिताउन भए पनि पर्यटक बन्दीपुर आउने गरेको उनले जानकारी दिए । ‘बन्दीपुरमा आएकामध्ये आधाजसो पर्यटक पोखरा र काठमाडौँ जाने तयारीमा छन्’, गुरुङले भने। 

बन्दीपुरमा यतिबेला अन्य देशका विदेशी पाहुनाको भने चहलपहल भइरहेको छ । चीनले फागुन १ गतेदेखि पर्यटकका रुपमा घुम्न जान पाइने देशको सूचीमा नेपाललाई पनि सूचीकृत गरेको थियो । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष एवं होटल हेरिटेजका सञ्चालक किसन प्रधानले बन्दीपुरको पर्यटन विस्तारै लयमा फर्किदै गरेको बताए ।

सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दिपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । 

बन्दीपुरमा होटल सङ्घसँग आवद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतकास्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ३ : ४१ बजे

ज्ञानेन्द्र शाहलाई विमानस्थलमा राजावादीको स्वागत

काठमाडौं– लामो समयको झापाको बसाईपछि काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई

तराईका ग्रामीण भेगमा देखिन छाडे गोरुगाडा

राँझा– तराईका ग्रामीण भेगमा देखिने गोरु गाडा अहिले देख्नै मुस्किल हुन

राष्ट्रियसभा बैठक : मधेशदेखि कर्णालीसम्मका मुद्दाको चर्चा

काठमाडौं– सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्ने सांसदहरूले

निर्वाचनमा सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षकको निर्देशन

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनको समयमा देखापर्न सक्ने

बंगलादेशको राजनीति दक्षिणपन्थी बाटोमा

काठमाडौं- बिहीबार सम्पन्न चुनावको नतिजा सार्वजनिक भएसँगै बंगलादेशको राजनीति अब