राष्ट्रिय आम्दानीको महत्वपूर्ण स्रोत ऊर्जा हो : अर्थमन्त्री महत « Khabarhub

राष्ट्रिय आम्दानीको महत्वपूर्ण स्रोत ऊर्जा हो : अर्थमन्त्री महत


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री डा प्रकाशशरण महतले ऊर्जा क्षेत्र राष्ट्रको आम्दानी बढाउने महत्वपूर्ण स्रोत भएको बताएका छन्।

बुधबार काठमाडौँमा ऊर्जा सम्मेलन समापन समारोहलाई सम्बोधन गर्दै उनले ऊर्जा उत्पादन क्षेत्रमा निजी क्षेत्रको पनि योगदान महत्वपूर्ण रहेको उल्लेख गरे ।

‘सन् ९० को दशकभन्दा अगाडि एक-दुई मेगावाट बराबर मात्रै विद्युत् उत्पादन हुन्थ्यो । निजी क्षेत्र विद्युत् उत्पादनमा संलग्न भएपछि राष्ट्रिय प्रसारणमा विद्युत् थपिँदै गएको छ । यसबाट हाम्रो माग पूरा गरेर निर्यातसम्मको अवस्थामा पुगेका छौँ’, अर्थमन्त्री डा महतले भने ।

ऊर्जा क्षेत्रमा राम्रो सम्भावना देखेरै निजी क्षेत्रका लगानीकर्ता आकर्षित भएको उल्लेख गर्दै उनले अहिले नेपाल यो क्षेत्रमा आत्मनिर्भर भएर विदेशमा निर्यातसमेत थाल्नु खुसीको कुरा भएको बताए । ऊर्जा क्षेत्रमा लगानीकर्तालाई आकर्षितसमेत गरेको अर्थमन्त्री डा महतको भनाइ थियो ।

‘नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गर्दछु । लगानीकर्तालाई पर्ने समस्या समाधान गर्न सरकार तयार छ’, उनले भने, ‘लगानीकर्तालाई विभिन्न सहुलियत र सुविधा दिन तयार छौँ । निजी क्षेत्रले पछिल्लो समय गरेको लगानीमा पनि राम्रो नतिजा आएको छ । नेपालको गतिलो आम्दानीको स्रोत नै ऊर्जा हो ।’

नेपालको विद्युत् भारत, बङ्गलादेशलगायत देशमा पुर्‍याउनका लागि पनि सरकारले पहल गर्ने अर्थमन्त्री डा महतको भनाइ थियो । ‘सरकारले विद्युत् भारत निर्यात गर्ने संयन्त्र बनाउने छ । विद्युत्का लागि बङ्गलादेश अर्को ठूलो बजार हो । बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौतापछि त्यसतर्फ निर्यात गर्न सकिने छ’, उनले भने, ‘विश्व बैंकजस्ता ठूला लगानीकर्ताहरू समेत नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न इच्छुक छन् । उनीहरूले मध्यम खालका परियोजनामा चासो देखाएको मैले बुझेको छु ।’

विद्युतकाे आन्तरिक खपत बढाउन आवश्यक रहेको उल्लेख गर्दै अर्थमन्त्री डा महतले विद्युतीय सवारी साधनको प्रयोग बढाएर यातायातको क्षेत्रलाई विद्युतीकरण गर्नुपर्छ । घरायसी प्रयोजनका लागि  पनि बिजुलीको खपत बढाउन आवश्यक भएको उल्लेख गरेका छन्  ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ४ : २६ बजे

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

सुनसरी– सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइलनमा

काठमाडौँ – फिफा विश्वकपमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइलनमा पुगेको छ