युरोपा लिगको उपाधिका लागि सेभिया र रोमा भिड्ने « Khabarhub

युरोपा लिगको उपाधिका लागि सेभिया र रोमा भिड्ने


५ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युरोपा लिगको उपाधिका लागि सेभिया र रोमा भिड्ने भएका छन्। बिहीबार राति सकिएको खेलमा सेभियाले युभेन्टस र रोमाले लेभरकुजेनलाई पराजित गरे पछि फाइनलमा दुवै टिमको भिडन्त पक्का भएको हो। सो रोमाञ्चक फाइनल खेल हंगेरीको बुढापेस्टमा मे ३१ मा हुने छ।

इटालियन क्लब युभेन्ट्सलाई दोस्रो लेगको खेलमा २–१ ले हराउँदै तथा समग्रमा सेभियाले ३–२ को जित हात निकाल्न सफल भएको हो। पहिलो लेगको खेलमा यी दुई क्लब १–१ गोलको बराबरी रोकिएका थिए।

शुक्रवार रातीको खेलमा डुसान भ्लाहालोभिचले ६५औं मिनेटमा गोल गरेपछि युभेन्ट्सले सुरुआती अग्रता लिन सुरु गरेको थियो। तर, ७१औं मिनेटमा सुसोले सेभियाका लागि गोल गरे पछि खेल १–१ मा गोलको बराबरीमा रहन पुग्यो।

खेल अतिरिक्त समयमा सेभियाका लागि एरिक लामेलाले अर्को गोल थपे, जुन गोल सेभियालाई फाइनलमा जानका लागि निर्णायक बनिदियो र, युनाईटेडलाई २–१ ले पराजित गरेको सेभियाले समग्रमा ३–२ को जित निकाल्दै फाइनल यात्रा तय गर्न सफल भयो।

इटालियन क्लब रोमा भने युरोपा लिगको फाइनलमा सेभियासँग भिड्न लेभरकुजनलाई पराजित गर्दै आएको हो। शुक्रबार बिहान सम्पन्न भएको खेल गोलरहित बराबरीमा सम्पन्न भए पनि पहिलो लेगमा १-० गोल अन्तरले जीत हासिल गरेका कारण रोमा फाइनलमा पुग्न सहज भएको हो।

लेभरकुजन १-० ले पछि पारेर रोमाले सेभियासँग भिडन्तका लागि फाइनल यात्रा पक्का गरेको हो।

प्रकाशित मिति : ५ जेठ २०८०, शुक्रबार  ८ : १७ बजे

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु