अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा मधेशको अग्रता « Khabarhub

अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा मधेशको अग्रता


५ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

बारा – मधेस प्रदेशको पर्यटन र तेक्वान्दो खेलको विकासमा टेवा पुर्‍याउने उद्देश्यले बाराको निजगढमा सुरु भएको प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा मधेस प्रदेशले पहिलो दिनको खेलमा अग्रता बनाएको छ।

पहिलो दिनको पाँचवटा तौल समूहको सम्पन्न प्रतियोगितामा मधेस प्रदेशले दुई स्वर्ण, दुई कांस्य र एक रजत पदक हासिल गरी पहिलो दिन टिम प्रथम बनेको हो। पुरुष ४० किलो तौल समूहमा नादिम हुसैन र ४३ किलो तौल समूहमा सिद्धार्थ प्रजापतिले स्वर्ण पदक हात पारेका हुन्।

त्यसैगरी पुरुष ४८ किलो तौल समूहमा लुम्बिनीका जस्मिन चौधरी,  महिला ४० किलोतर्फ कर्णालीकी ललिता बुढा र महिला ४३ किलोमा बागमतीकी सदीक्षा कार्कीले स्वर्ण पदक हात पारेका हुन्।

प्रतियोगितामा नेपालका ७ प्रदेश सहित भारत, बंगलादेश, कोरिया, जापानका खेलाडीहरूको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले गर्नु भएको थियो।

आयोजक मधेस प्रदेश तेक्वान्दो संघका अध्यक्ष पेमासिद्धी लामाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल तेक्वान्दो संघका महासचिब दिपराज गुरुङ, राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य सचिव एवं सितेरियो कराते महासंघका अध्यक्ष युवराज लामा, निजगढ नगरपालिकाका पूर्व नगरप्रमुख सुरेश खनाल, पूर्व उपप्रमुख लिलादेवी लामिछाने, संघका महासचिव राजकुमार लामा लगायतले शुभकामना मन्तव्य दिएका थिए।

५९ लाख कुल लागत रहेको प्रतियोगिताको मुख्य निर्णायकमा राखेपका तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक टार्जन सुब्बा रहेका छन् भने निर्णायकहरुमा अन्तर्राष्ट्रिय निर्णायक रवीन्द्र मल्ल, नारायण बुढाथोकी, कुमार लामा घिसिङ, बब्लु शिवाकोटी, नविना बुढाथोकी मगर लगायतका रहेका छन्।

जिरोगीतर्फ पुरुष ७ र महिला ६ गरी १३ तौल समूह र पुम्सेतर्फ जुनियर १० वर्षको सिंगल, १२ वर्ष डबल र १४ वर्षको ग्रुप गरी तीन तथा सिनियर पुम्सेतर्फ १८ वर्ष तल र माथि महिला पुरुष गरी चार टिम गरी २० ईभेन्टमा प्रतियोगिता भइरहेको छ।

प्रकाशित मिति : ५ जेठ २०८०, शुक्रबार  १२ : २७ बजे

इभीमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान

भोटेकोशी बाढी : फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

बागलुङ– भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

नुवाकोट– यही भदौ १० गते भोटेकोशीमा नदीमा आएको बाढीले नुवाकोटको

गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

काठमाडौं– काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर