‘विद्यालय तहदेखि नै विपद्सम्बन्धी सचेतना गराउनुपर्छ’  « Khabarhub

‘विद्यालय तहदेखि नै विपद्सम्बन्धी सचेतना गराउनुपर्छ’ 


५ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विद्यालय तहदेखि नै विपद्का विषयमा जानकारी दिनुपर्नेमा जोड दिएका छन् । सशस्त्र प्रहरी बल कंकालिनी गण हेडक्वाटरले आयोजना गरेको जल उत्पन्न विपद् प्रतिकार्य अभ्यास समारोहलाई आज सम्बोधन गर्दै उनले विद्यालय तहदेखि नै विपद् रोकथाम, नियन्त्रण, उद्धारलगायतका विषयमा सचेतना जगाउन सके धनजनको क्षति रोक्न सकिने विचार व्यक्त गरे ।

‘थुप्रै देशमा १८ वर्ष पुगेका नागरिकले अनिवार्यरूपमा सैनिक तालिम लिनुपर्ने व्यवस्था छ’, उनले भने, ‘हाम्रो देशमा पनि विपद्बाट हुने जोखिम न्यूनीकरणका उपायहरू समेटेर सचेतना दिन सके केही हदसम्म क्षतिलाई कम गर्न सकिन्छ ।’ विराटनगर महानगरपालिकाले पनि बाढी र डुबानबाट हुने जोखिम न्यूनीकरणका लागि काम गरिरहेको उहाँको भनाइ थियो । महानगर र सशस्त्र प्रहरीबीच सहकार्य गरेर विपद् न्यूनीकरणका लागि काम गर्न सकिने भन्दै प्रमुख कोइरालाले महानगरले डुबान समस्या कम गर्न हिउँदमै धेरैजसो नाला सफा गरिसकेको जानकारी दिए ।

उनले बुढीखोला, केसलियासिङ्घीयामा तटबन्ध नबाँधेसम्म डुबान समस्याको दीर्घकालीन समाधान नहुने जिकिर गरे । मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले मोरङ विपद्का हिसाबले उच्च जोखिममा रहेको छ भने ।

सशस्त्र प्रहरीको कंकालिनी बहारा बाहिनीका प्रमुख डिआइजी अञ्जनीकुमार पोखरेलले डुबान र बाढीमा फसेकालाई उद्धारका लागि सशस्त्र प्रहरीसित दक्ष जनशक्ति रहेको जानकारी दिए । उनले अहिले सशस्त्र प्रहरीसित ५५ जना गोताखोर रहेको र भविष्यमा एक सय गोतखोर सङ्ख्या बनाएर प्रत्येक प्रदेशमा १०–१० व्यवस्थापन गर्ने सरकारको योजना रहेको सुनाए। 

कंकालिनी गणका प्रमुख एसपी तीर्थकुमार थापा र बुढीगंगा गाउँपालिकाका अध्यक्ष जीतनारायण थापामगरले वर्षाको मौसम सुरु हुन लागेकाले बाढी र डुबानको जोखिमबाट बच्न तयारी अवस्थामा बस्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ५ जेठ २०८०, शुक्रबार  ६ : ३२ बजे

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल