नाउपाले घोषणा गरेको नेपाल बन्द फिर्ता « Khabarhub

नाउपाले घोषणा गरेको नेपाल बन्द फिर्ता


५ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीले घोषणा गरेको नेपाल बन्द फिर्ता लिएको छ । नाउपाले जेठ ६ देखि १० गतेसम्म घोषित नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको हो ।

नाउपाले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमै लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिने फौजदारी विधेयक संसदमा टेबुल भइसकेको लगायत अन्य राजबन्दीको रिहाइ कानुन संशोधन गरेर निकाल्ने प्रतिबद्धता जाहेर गरेको हुँदा नेपाल बन्दको कार्यक्रम अर्को सूचना नआउँदासम्म स्थगित गरिएको जनाएको छ ।

पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले जारी गरेको विज्ञप्तिमा जेठ ३, ४ र ५ गते मशाल जुलुससहित कोणसभालगायतका कार्यक्रमलाई भने निरन्तरता दिइने जनाइएको छ ।

प्रकाशित मिति : ५ जेठ २०८०, शुक्रबार  ६ : ५२ बजे

त्रिशूली थ्री ‘ए’ बाट फर्किए रास्वपा सांसदद्वय, जाँदा हेलिकप्टर, आउँदा स्थलमार्ग 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल र

विपत्ति र चुनौतीले धैर्य र कर्मको परीक्षा लिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशवासीमा शुभकामना व्यक्त गरेका

बाढीपीडितका लागि सीएफआरडीले ल्यायो २७ टन राहत सामग्री

काठमाडौं– रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूका

काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा