महानगरद्वारा प्रहरीलाई खोज तथा उद्धार सामग्री हस्तान्तरण « Khabarhub

महानगरद्वारा प्रहरीलाई खोज तथा उद्धार सामग्री हस्तान्तरण


५ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

चितवन – भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनलाई खोज तथा उद्धार सामग्री हस्तान्तरण गरेको छ । महानगर प्रमुख रेनु दाहालले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीलाई हस्तान्तरण गरेकी थिइन् ।

सामग्री हस्तान्तरण गर्दै दाहालले प्रहरीलाई विपद्को समयमा खोज तथा उद्धारमा सहयोग पुगोस् भनेर सामग्री हस्तान्तरण गरिएको जानकारी दिईन् । प्रहरीलाई आवश्यक सहयोग र परामर्श गर्दै आएको बताउँदै उनले प्रहरीलाई सबैले सहयोग गर्नुपर्ने बताईन । उनले भनिन्, “समाजमा हुने कुनै पनि घटना न्यूनीकरणमा सबैले सहयोग गर्नुपर्छ ।”

वर्षालगायत विपद्का समयमा आवश्यक पर्ने सामग्री हस्तान्तरण गरिएको उनले बताईन । प्रहरी कार्यालयका प्रमुख कार्कीले सहयोग स्वरुप प्रदान गरिएको सामग्रीको सही उपयोग हुने बताए । कार्यक्रममा लक क्यारोविन, वयस्ट हार्नेस, टेप सिलिङ, स्मल ड्राई व्याग, वाटर ग्लासलगायतका २२ प्रकारका सामग्री हस्तान्तरण गरिएको थियो । रु छ लाख ६६ हजार तीन सय ८३ बराबरको सामान खरिद गरि हस्तान्तरण गरिएको हो ।

प्रकाशित मिति : ५ जेठ २०८०, शुक्रबार  ११ : ०४ बजे

रास्वपा पदाधिकारीको मतदान तालिका प्रभावित

काठमाडाैं – रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारीको निर्वाचन तालिका प्रभावित भएको

रास्वपाका प्रतिनिधिलाई पार्टीको खाना आजमात्रै भोलिदेखि आफैँ बस्दोबस्ती गर्नुपर्ने

काठमाडाैं – सत्तारुढ दल रास्वपाको चितवनमा जारी पहिलो महाविधेशनका लागि

रास्वपा महाधिवेशनमा नगएका अमरेशको चेतावनी : संघीयतामाथि हस्तक्षेप स्वीकार्य हुँदैन

काठमाडौं – रास्वपाका सांसद अमरेशकुमार सिंहले रास्वपाकै प्रस्तावनामाथि कडा टिप्पणी

रास्वपा निर्वाचन : कोशीमा निशालाई सर्वाधिक मत, विश्वराज दोस्रो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपाको केन्द्रिय सदस्यमा कर्णालीबाट सीता, तासी र विनिता विजयी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदको निर्वाचनमा