माओवादीसहितका चार दलले आज समाजवादी मोर्चा घोषणा गर्ने « Khabarhub

माओवादीसहितका चार दलले आज समाजवादी मोर्चा घोषणा गर्ने


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायत दलहरू सहभागी हुने समाजवादी मोर्चाको आज घोषणा गरिने भएको छ । 

दिउँसो ३ बजे राष्ट्रिय सभागृहमा मोर्चाको घोषणा गर्न लागिएको हो ।

भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा माओवादी, जसपा नेपाल,  नेकपा एस र नेकपा समाजवादी मोर्चा, नेपालको ऐतिहासिक घोषणा सभामा उपस्थित हुन आवद्ध पार्टीहरूले अनुरोधसमेत गरेका छन् ।

मोर्चा घोषणा सभामा आलोपालो नेतृत्व, नीतिगत सहमतिको प्रतिवद्धतापत्र, साझा न्यूनतम कार्यक्रम लगायतका बारेमा स्पष्ट पारिने जनाइएको छ ।

समाजवादी मोर्चा बनेपछि उक्त मोर्चा संसदमा तेस्रो शक्तिका रुपमा रहने छ । जसमा माओवादीका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० गरी ५४ सांसद हुनेछन् ।

भविष्यमा एउटै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने मोर्चाको लक्ष्य रहेको छ । 

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ६ : २८ बजे

बाढीका बेपत्ताका आफन्तले कुशको शव बनाएर गर्न थाले दाहसंस्कार

काठमाडौं– रसुवा बाढीमा परि बेपत्ता भएकाहरूका आफन्तहरूले कुशको शव बनाएर

रसुवाको टिमुरेदेखि घट्टे खोलासम्मको किनारमा भेटिए १०५ शव

काठमाडौं- गत बुधबारको भीषण बाढीका कारण सबैभन्दा ठूलो क्षति व्यहोरेको

नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने

काठमाडौं– नेपाल प्रहरी अस्पतालले रसुवाको भोटेकोशीको बाढीमा मृत्यु भएका नेपाली

नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग

काठमाडौं– नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घले रसुवाको भोटेकोशी बाढीबाट

तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन