प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने « Khabarhub

प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ ।

संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे सुरु हुने बैठकमा विनियाजन विधेयकमाथिको छलफल जारी रहनेछ ।

बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत आज सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र र उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका शीर्षकमा छलफल हुने कार्यसूची रहेको छ ।

आजको बैठकमा सांसद सुमना श्रेष्ठ, प्रेम सुवाल र दामोदर पौडेलले सञ्चार तथा सूचना प्रविधि, सांसद दीपा शर्माले परराष्ट्र मन्त्रालय शीर्षको खर्च कटौतिको प्रस्ताव प्रस्तुत गर्ने छन् ।

यस्तै, सांसद गोकर्ण विष्ट र प्रभु साहले उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत शीर्षकको खर्च कटौतिको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ६ : ४० बजे

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द

मकरस्नानमा आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

नवलपरासी– पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार