झापा र इलामका दुग्ध किसानलाई अनुदान रकम वितरण « Khabarhub

झापा र इलामका दुग्ध किसानलाई अनुदान रकम वितरण


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको मेचीनगर-१२ धाइजनमा रहेको रीतिका डेरी उद्योगले दूध उत्पादन गर्दै आएका झापा र इलामका किसानलाई ४७ लाख १८ हजार अनुदान रकम वितरण गरेको छ ।

दूध उत्पादन गरी डेरीलाई बिक्री गर्दै आएका किसानलाई व्यावसायिक बनाउन प्रोत्साहित गर्ने उद्देश्यले प्रतिलिटर चारका दरले तीन हजार छ सय घरधुरीलाई छ महिनालागि अनुदान वितरण गरिएको उद्योगका सञ्चालक राजन चिमरियाले जानकारी दिए ।

उनका अनुसार कोशी प्रदेश सरकारअन्तर्गत कृषि तथा पशुपक्षी विकास मन्त्रालयले किसानका लागि प्रति लिटर दुई अनुदान उपलब्ध गराएकामा उद्योगका तर्फबाट दुई थप गरी प्रतिलिटर चार अनुदान वितरण गरिएको छ ।

उद्योगले चालु आर्थिक वर्ष २०७९-८० को साउनदेखि पुससम्मको अवधिमा ग्रामीण किसान, सहकारी संस्था, चिस्यान केन्द्र, गाईफार्म र दुग्ध उत्पादन समूहबाट २४ लाख लिटर दूध संकलन गरेको जनाएको छ । 

‘चालु आवको साउनदेखि पुससम्मका लागि अनुदान वितरण गरेका छौंँ,’ चिमरियाले भने, ‘जेठ महिनाको दूध संकलन अभिलेख अद्यावधिककार्य सकिनासाथ यसै महिनामा थप छ महिनाको अनुदानसमेत किसानको हातमा पुर्‍याउँछौंँ ।’

दैनिक ३० हजार लिटरसम्म दूध संकलन गर्दै आएको रीतिका डेरी उद्योगले झापा र इलामका किसानबाट दुध खरिद गर्दछ । संकलीत दूधलाई अत्याधुनिक प्रविधिमार्फत प्रशोधन गरी झापा, इलाम, सुनसरी, मोरङलगायत कोशी प्रदेशका विभिन्न जिल्लामा बिक्री वितरण गर्दै आएको छ ।

मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले किसानले उत्पादन गर्ने दूधको आधारमा अनुदान दिँदा वास्तविक किसान लाभान्वित भएको बताए। उनले किसानको हितमा कुनै कार्यक्रम नआएको बेला गोठगोठमै पुगेर साना किसानलाई अनुदान वितरण गर्नु उदाहरणीय कार्य भएको बताए। दुग्ध उत्पादनमा क्रियाशील किसानलाई व्यवसायी बनाउँदै थप उत्पादनका लागि प्रोत्साहनस्वरुप कोशी प्रदेश सरकारले चालु आवमा किसानका लागि अनुदानकार्यक्रम ल्याएको हो । 

प्रदेश सरकारले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापामार्फत दूध उत्पादक किसानको विवरण प्रमाणित गरेपछि अनुदान रकम निकासा गरिएको पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शीतल भट्टराईले जानकारी दिए ।

उनका अनुसार जिल्लामा धेरै डेरी उद्योग सञ्चालनमा भए पनि रीतिका डेरी उद्योगले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापा र कोशी प्रदेश सरकारसँग समन्वय गरेर किसानलाई अनुदान वितरण गर्ने कार्यक्रम सञ्चालन गरेको हो । 

दूध उत्पादक किसान योगेन्द्र खनालले गाई पालेर दूध बेच्दा पनि यसरी अनुदान पाइन्छ भन्ने कुरा किसानको कल्पना बाहिरको विषय भएको जनाउँदै निर्वाहमुखी पशुपालन गर्दै आएका आम किसान हातहातै अनुदान पाउँदा व्यावसायिकतातर्फ अग्रसर बन्ने धारणा व्यक्त गरे ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  १ : २५ बजे

सरकारलाई सभामुखको निर्देशन- मनसुनजन्य घटनाको प्रभावकारी पूर्वतयारी गर्नू

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले मनसुनजन्य घटनाको प्रभावकारी पूर्वतयारी गर्न सरकारलाई

चितवनको पुँजीगत खर्च ५८ प्रतिशत

चितवन– जिल्लाको विकासका लागि विनियोजित बजेटमध्ये ५८ दशमलब ४१ प्रतिशत

‘सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि कोशेढुंगा’

काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो

मानवअधिकार आयोग गुहार्न पुगे होल्डिङ सेन्टरका सुकुम्वासी

काठमाडौं- भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी परिवारको तर्फबाट दल मर्दन

सरकारबारे बोलेकै कारण नायिकामाथि बालेन समर्थकको ‘साइबर बुलिङ’

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकार सामाजिक सञ्जालको एल्गोरिदमको प्रभावमा