विभिन्न स्थानबाट लागूऔषधसहित पाँचजना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित पाँचजना पक्राउ


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित  पाँचजना पक्राउ परेका छन् । झापाको झापा गाउँपालिका-४ स्थित सडकबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पर्दाथ ८ ग्राम २ सय २० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा इलाम चुलाचुली गाउँपालिका-२ बस्ने २६ वर्षीय सुशील आङदेम्बे र २६ वर्षीय सुरज लावती लिम्बू रहेका छन् । प्रहरी चौकी टाघनडब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको  को.२६ प ८१४० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पर्दाथसहित फेला पारी पक्राउ गरेको हो ।

धादिङको गजुरी गाउँपालिका-५ गलौदीबाट अवैध लागूऔषध गाँजा करिब ३ केजीसहित रूपन्देही तिलोत्तमा नगरपालिका-१४ बस्ने २३ वर्षीय दिलिप केवटलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।     

कैलालीको जानकी गाउँपालिका-४ कञ्चनपुर बस्ने १९ वर्षीय नवीन कठरियालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुरको बेलौरी नगरपालिका-६ हात्तीबोझा बस्ने २६ वर्षीय बीरेन्द्र बडायकलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३७ मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रहरी प्रदेश कार्यालय धनगढी कैलाली र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।     

 

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ३ : ४८ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने