चीनमा सरकारविरुद्ध व्यापक जनआक्रोश « Khabarhub

चीनमा सरकारविरुद्ध व्यापक जनआक्रोश


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- पछिल्लो एक महिनायता चीनमा सरकार तथा कानून कार्यान्वयन एकाईविरुद्ध व्यापक जनआक्रोश देखिएको छ । सञ्चार माध्यममा आएका अपुष्ट समाचारहरुमा चीनको सिचुवान प्रान्तस्थित नेइजियाङ सहरको डोङ सेङ क्षेत्रमा गत १३ जुनमा प्रदर्शन भएको जनाइएको छ ।

सो क्षेत्रमा ६ जनाको समूहमा गस्ती गर्न आएका स्थानीय अधिकारीहरुले एक व्यापारीलाई कुटपिट गरेपछि आक्रोशित भीडले प्रदर्शन गरेको बताइएको छ ।

स्थानीय अधिकारीहरुले प्रदर्शनकारीलाई शान्ति कायम गर्न आग्रह गरेको तर, स्थितीलाई नियन्त्रण गर्न नसकेपछि ती ६ जनालाई प्रहरीको जिम्मा लगाइएको थियो । उनीहरुलाई हिरासतमा लैजाने बेला प्रदर्शनकारीले ती ६ जनालाई कुटपिट गरेका थिए । उनीहरुलाई सेवाबाट पनि निलम्बित गरिएको छ ।

केही समयअघिमात्रै चीनकै गुईझोउ प्रान्तमा पनि यस्तै घटना भएको थियो । गत मे २३ मा जिमु न्युज नामक अनलाइन मिडियामा काम गर्ने ली नाम गरेका रिपोर्टरमाथि सुरक्षाकर्मीले कुटपिट गरेको खुलासा भएको थियो ।

दुई जना शिक्षकको मृत्यु भएको घटनाबारे अनुसन्धान ती रिपोर्टर हुबेई प्रान्तबाट आएका थिए । ती रिपोर्टरमाथि कुटपिट गर्ने सुरक्षाकर्मी पनि निलम्बित भएका थिए । यस घटनाबाट चीनमा पत्रकारहरुले सामना गर्ने समस्या र कठिनाइबारे बहस सुरु भएको थियो ।

उनीमाथि कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएका थिए । जिमु न्युजका सम्पादक सु जिङचियाओले आफूहरु लीलाई न्याय मिल्नुपर्ने उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  १२ : ५८ बजे

निर्वाचन प्रहरी भर्ना : तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन

बागलुङ– बागलुङमा निर्वाचन प्रहरी भर्नाका लागि तीन पटक म्याद थप

प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

काठमाडौं– प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा नेपाली सेनाको सहभागिता, उपलब्धि

डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक सार्वजनिक

काठमाडौं– डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्यजाँचसम्बन्धी तीनवटा पुस्तक

ओलीको टिप्पणीमा गोकुलको जवाफ : पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक चरित्र होइन 

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी अध्यक्ष केपी शर्मा

हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

बैतडी– भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध