रसुवामा ट्राफिक नियमबारे प्रशिक्षण « Khabarhub

रसुवामा ट्राफिक नियमबारे प्रशिक्षण


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

रसुवा– सवारी साधन उपयोग गर्दा हुनसक्ने जोखिम न्यून गर्न रसुवामा ट्राफिक नियमबारे प्रशिक्षण दिइएको छ ।

यात्रा गर्नुअघि सवारी साधन चढ्दा र ओर्लदा यात्रुले पालना गनर्सपर्ने कुरा, चालकले यात्रुलाई गर्नुपर्ने व्यवहार तथा नीति नियमका विषयमा रसुवा ट्राफिक प्रहरीले विद्यालयस्तरसम्म जनचेतना कार्यक्रम सञ्चालन गरेको हो ।

ट्राफिक प्रहरीले सञ्चालन गरेको उक्त प्रशिक्षणमा ७० विद्यार्थी, नौ सय ९५ व्यवसायी तथा सवारी चालक एवं परिचालक तथा एक हजार तीन सय ३४ सर्वसाधारण सहभागी थिए ।

गत आर्थिक वर्षमा ट्राफिक प्रहरीले एक सय ५५ पटक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो । यसबाट छ हजार नौ सय चार जना लाभान्वित भएको जिल्ला ट्राफिक इञ्चार्ज प्रकाश पाण्डेयले जानकारी दिए ।

यस्तै गत आवमा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच हजार तीन सय २५ चालकलाई कारबाही गरिएको छ । कारबाही वापतको ५४ लाख ८८ हजार शुल्क राज्य कोषमा दाखिला गरिएको उनको भनाइ छ ।

कारबाहीमा पर्नेमा दुई हजार आठ सय आठ ट्रकका चालक, एक सय ९९ बसका चालक, एक हजार एक सय ३४ कार र जीपका चालक, तीन ट्र्याक्टरका चालक, एक हजार एक सय ८१ मोटरसाइकल चालक रहेका पाण्डेयले बताए ।

गत आर्थिक वर्षमा १६ वटा सानाठूला सवारीसाधन दुर्घटनामा परेका थिए । ती दुर्घटनामा परी चार जनाले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  १० : २० बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर