रसुवामा ट्राफिक नियमबारे प्रशिक्षण « Khabarhub

रसुवामा ट्राफिक नियमबारे प्रशिक्षण


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

रसुवा– सवारी साधन उपयोग गर्दा हुनसक्ने जोखिम न्यून गर्न रसुवामा ट्राफिक नियमबारे प्रशिक्षण दिइएको छ ।

यात्रा गर्नुअघि सवारी साधन चढ्दा र ओर्लदा यात्रुले पालना गनर्सपर्ने कुरा, चालकले यात्रुलाई गर्नुपर्ने व्यवहार तथा नीति नियमका विषयमा रसुवा ट्राफिक प्रहरीले विद्यालयस्तरसम्म जनचेतना कार्यक्रम सञ्चालन गरेको हो ।

ट्राफिक प्रहरीले सञ्चालन गरेको उक्त प्रशिक्षणमा ७० विद्यार्थी, नौ सय ९५ व्यवसायी तथा सवारी चालक एवं परिचालक तथा एक हजार तीन सय ३४ सर्वसाधारण सहभागी थिए ।

गत आर्थिक वर्षमा ट्राफिक प्रहरीले एक सय ५५ पटक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो । यसबाट छ हजार नौ सय चार जना लाभान्वित भएको जिल्ला ट्राफिक इञ्चार्ज प्रकाश पाण्डेयले जानकारी दिए ।

यस्तै गत आवमा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच हजार तीन सय २५ चालकलाई कारबाही गरिएको छ । कारबाही वापतको ५४ लाख ८८ हजार शुल्क राज्य कोषमा दाखिला गरिएको उनको भनाइ छ ।

कारबाहीमा पर्नेमा दुई हजार आठ सय आठ ट्रकका चालक, एक सय ९९ बसका चालक, एक हजार एक सय ३४ कार र जीपका चालक, तीन ट्र्याक्टरका चालक, एक हजार एक सय ८१ मोटरसाइकल चालक रहेका पाण्डेयले बताए ।

गत आर्थिक वर्षमा १६ वटा सानाठूला सवारीसाधन दुर्घटनामा परेका थिए । ती दुर्घटनामा परी चार जनाले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  १० : २० बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद