देवघाटमा ढुङ्गेधारा निर्माण « Khabarhub

देवघाटमा ढुङ्गेधारा निर्माण


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

चितवन– पवित्र धार्मिक तीर्थस्थल देवघाटमा ढुङ्गेधारा निर्माण गरिएको छ । भरतपुर महानगरपालिका–१ को आँपटारी चोकदेखि देवघाट जाने बाटोको बीच क्षेत्रमा ढुङ्गेधारा निर्माण गरिएको हो । ढुङ्गेधारा निर्माण गरिएको ठाउँ मान्छेको मृत्यु भएपछि शव लैजाँदा विश्राम गर्ने स्थल हो ।

बागमती प्रदेश सरकारको लगानीमा ढुङ्गेधारा निर्माण गरिएको हो । आर्थिक वर्ष २०७९–८० को कार्यक्रमअन्तर्गत करिब २१ लाखको लागतमा ढुङ्गेधारा निर्माण गरिएको खानेपानी तथा सरसफाइ डिभिजन नं १ हेटौँडाका इन्जिनियर हरिराम पौडेलले जानकारी दिए । उनका अनुसार कार्यालयले हेटौँडा र चितवन दुवै जिल्लामा खानेपानी र सरसफाइको क्षेत्रमा काम गर्छ ।

ढुङ्गेधारामा तीन किलोमिटर टाढाबाट मुहानको पानी ल्याइएको छ । यो क्षेत्रमा खानेपानीको धारा नहुँदा यात्रु र वन्यन्तुले सहजरुपमा पानी खान पाएका थिएनन् ।

आँपटारी चोकदेखि देवघाटसम्मको बाटोमा कहीँ पनि पानीको व्यवस्था नभएका कारण ढुङ्गेधारा निर्माण गरिएको पौडेलले बताए । ढुङ्गेधारा निर्माणपछि यात्रुले मूलको पानीले प्यास मेटाउन पाउने छन् भने देवघाटको पवित्र जल लैजान पाउने छन् ।

ढुङ्गेधारामा मूर्ति निर्माणलगायतका केही काम निर्माण गर्न बाँकी रहेको उहाँले बताउनुभयो । ढुङ्गेधारामा काठमाडौँबाट ढुङ्गा ल्याइएको हो भने मकवानपुरका कालीगढले काम गरेका हुन् । इन्जिनियर पौडेलका अनुसार यो चितवनकै पहिलो र एकमात्र ढुङ्गेधारा हो ।

खानेपानी तथा सरसफाइ डिभिजन नं १ हेटौँडाका कार्यालय प्रमुख सन्तोषकुमार श्रेष्ठले प्रदेश सरकारले नियमितरुपमा ढुङ्गेधारा निर्माणको कामलाई अघि बढाएको बताए ।

उनले यो आवमा पनि मागका आधारमा विभिन्न क्षेत्रमा ढुङ्गेधारा निर्माण गरिने जानकारी दिए । कार्यालयले भक्तजनलाई नै लक्षित गरेर आँपटारी र देवघाटमा सार्वजनिक शौचालय निर्माण गरिसकेको बताए ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ११ : १० बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद