चितवनका ३९ जनाले लिए अङ्गीकृत नागरिकता « Khabarhub

चितवनका ३९ जनाले लिए अङ्गीकृत नागरिकता


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्ला प्रशासन कार्यालय चितवनबाट ३९ जनाले अङ्गीकृत नागरिकता लिएका छन् । गत आर्थिक वर्षमा वैवाहिक अङ्गीकृत ३५ जना र अङ्गीकृत चार जनाले नागरिकता लिएका हुन् ।

कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेका अनुसार सोही समयमा १३ हजार आठ सय ३५ जनाले वंशका आधारमा नागरिकता लिएका छन् । यस्तै १३ हजार छ सय पाँच जनालाई प्रतिलिपि नागरिकता वितरण गरिएको उनले जानकारी दिए। सोही समयमा ११ जनाको नागरिकता रद्द गरिएको छ । एक हजार सात सय पाँच जनाले नाबालक परिचयपत्र बनाएको न्यौपानेले जानकारी दिए।

कार्यालयको तथ्यांकअनुसार राष्ट्रिय परिचयपत्रका लागि ३६ हजार चार सय ४७ जनाले विवरण बुझाएका छन् । गत आवमा जिल्ला प्रशासन कार्यालयबाट २६ हजार पाँच सय ६५ जनाले राहदानी सिफारिस लिएका छन् । कार्यालयले रु १३ करोड ३३ लाख २२ हजार एक सय नौ राजस्व संकलन गरेको उनले बताए। सबैभन्दा धेरै राहदानीबाट रु १३ करोड सात लाख ९० हजार संकलन भएको छ । 

यस्तै प्रशासनिक दण्ड जरिवानाबाट छ लाख ९२ हजार, प्रशासनिक सेवा शुल्कबापत १३ लाख ८४ हजार, हात हतियार इजाजत दस्तुरबापत चार लाख ४२ हजार तथा बेरुजुबापत नौ हजार संकलन भएको न्यौपानेले जानकारी दिए।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  १२ : १२ बजे

चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन पक्राउ

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट

स्पेनिस ला लिगा: यमाल चम्किएको खेलमा, राफिन्हाको लगातार दोस्रो ह्याट्रिक

काठमाडौँ – ब्राजिलियन फरवार्ड राफिन्हाको लगातार दोस्रो खेलमा उत्कृष्ट ह्याट्रिक

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

हुम्ला – कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरो

इन्द्रजात्राका लागि भक्तपुरमा लाखेनाच सुरु

भक्तपुर – इन्द्रजात्राका लागि आजदेखि भक्तपुरमा लाखेनाच सुरु भएको छ