भद्रकुमारी घले सेवा सदनमा महानगरकाे डोजर « Khabarhub

भद्रकुमारी घले सेवा सदनमा महानगरकाे डोजर


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं महानगरपालिकाले महानगरपालिका–१० देवीनगरस्थित भद्रकुमारी घले सेवा सदनमा डोजर लगाएको छ ।

सार्वजनिक जग्गा कब्जा गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेपछि महानगर प्रहरीले उक्त भवन खाली गराउन आज डोजर चलाएको हो । 

यसअघि महानगर प्रहरीले भवन खाली गर्न सूचना दिएको थियो । तीन दिनअघि उक्त भवन खाली गर्न आग्रह गर्दा पनि नटेरेपछि आज नगरप्रहरीले डोजर चलाएको हो ।

भद्रकुमारी घले सेवा सदनमा बस्दै आएका असहाय अशक्त वृद्धवृद्धालाई मानव सेवा आश्रममा पठाइने नगरप्रहरी प्रमुख राजु पाण्डेले बताए ।

सदनले ५ रोपनी १२ आना जग्गामा बालगृह, शिक्षा सदन, पाहुना घर, भद्र संग्रहालय, पुस्तकालय, उपभोक्ता सहकारी संस्थालगायत सञ्चालन गर्दै आएको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  १२ : ५९ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्