महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी सावित्रा भण्डारीको बिदाई | Khabarhub Khabarhub

महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी सावित्रा भण्डारीको बिदाई


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इजरायलमा व्यावसायिक फुटबल खेल्न जान लागेकी नेपाली महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी सावित्रा भण्डारीलाई बिदाई गरिएको छ ।

बुधबार खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु, एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ, नेपालका लागि इजरायली राजदूत हनन् गोदर लगायतले सावित्रा भण्डारीलाई बिदाई गरेका हुन् ।

सावित्रा इजरायलको क्लब हापोएल रानानाबाट लिग खेल्नेछिन् । बिदाई कार्यक्रममा युवा तथा खेलकुद मन्त्री लिम्बुले इजरायली क्लबमा अनुबन्धित भएर युरोपबाट प्रतिस्पर्धा गर्नु नेपालका लागि पनि खुसीको कुरा भएको बताए । उनले खेल क्षेत्रको माध्यमबाट नेपाल–इजरायलको सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरे ।

त्यस्तै सावित्रा भण्डारीले इजरायलमा व्यावसायिक फुटबल खेल्न लाग्दा सरकारका तर्फबाट गरिएको सम्मान प्रति आभार व्यक्त गरे । उनले युरोपियन लिग खेल्नु चुनौति भएपनि आफुस सामना गर्न तयार रहेको बताए । सावित्राले नेपाली महिला फुटबललाई हेर्ने दृष्टिकोण परिवर्तन गर्ने जिकिर गरे ।

नेपाली महिला राष्ट्रिय फुटबल टीमकी ट्राइकर सावित्राले यसअघि भारतीय क्लबबाट पनि व्यावसायिक लिग खेलिसकेकी छन् । 

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  १ : ४७ बजे

करेन्ट लागेर २५ वर्षीय युवकको मृत्यु

वालिङ– जिल्लाको पुतलीबजार नगरपालिका-९ कोल्मामा शिनबार दिउँसो करेन्ट लागेर एक

हैजा सङ्क्रमण नियन्त्रणका लागि टोली खटाइयो

जनकपुर– पर्साको वीरगञ्जमा देखिएको हैजाको सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारले

पार्टीलाई बलियो बनाउन सबै एकताबद्ध हुनुपर्छ : महासचिव पोखरेल

देउखुरी– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीलाई बलियो

‘रविलाई जेलमा राख्ने होइन, बाहिर निकालेर हिसाबकिताब गर्नुपर्छ’

काठमाडौँ – सुनवलस्थित सर्वोत्तम सिमेन्ट फ्याक्ट्रीमा क्यान्टिन सञ्चालन गर्दै आएका

पाकिस्तानमा विनाशकारी बाढीको कहर

इस्लामावाद- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तका ब्युनर र स्वात जिल्लामा आएको