सेयर बजारमा बुधबार पनि ११.१७ अंकको वृद्धि « Khabarhub

सेयर बजारमा बुधबार पनि ११.१७ अंकको वृद्धि


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेयर बजारमा सकारात्मक माहोल जारी रहेको छ । बुधबार नेप्से सूचक ११.१७ अंकले बढेर २१६५.२४ विन्दुमा आएको छ । ३ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

विशेषगरी वाणिज्य बैंकहरूको सेयर भाउ बढेपछि यसले समग्र नेप्से सूचकलाई माथि लैजान सहयोग पुगेको हो । यसअघि बैंकहरू चलेकै थिएनन् । तर एक-दुईयता यस समूहमा पनि चमक देखिएको छ । अरु कपितय समुहहरूमा करेक्सन भइरहँदा बैंकिङले बजारलाई तानिरहेको छ । 

अधिकांश बैंकहरुको सेयर भाउ अहिले पनि २ सय रुपैयाँभन्दा तल छ । यसलाई तुलनात्मकरूपमा सुरक्षित क्षेत्र पनि मानिन्छ । यसअघि नबढेको, भाउ सस्तो अनि चौथो त्रैमासको रिपोर्ट पनि सकारात्मक आउन सक्ने अपेक्षामा लगानीकर्ता यसतर्फ लागेको अनुमान गरिएको छ । 

यस दिन २६० कम्पनीको ८६ लाख ७४ हजार कित्ता सेयर कारोबार भएको छ । २३ करोड ५७ लाख रुपैयाँसहित कारोबार रकममा युनाइटेड अजोड इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआईसी एसिया बैंक र शिवम् सिमेन्ट्स परेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ३ : ४५ बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्राथमिक जिम्मेवारी भएकाले

‘दुर्गा प्रसाईंको राजनीतिक स्वार्थले धर्नारत नागरिकको जीवन संकटमा’

काठमाडौं– ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग अगाडि विगत ६ दिनदेखि

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

काठमाडौं- जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

चार महिनापछि लय समात्न खोज्दै प्रधानमन्त्री बालेन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि बिस्तारै आफ्नो लयमा फर्किन