आज वराह जयन्ती मनाइँदै « Khabarhub

आज वराह जयन्ती मनाइँदै


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


933
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धार्मिक मान्यताअनुसार जलमा डुबेकी पृथ्वीलाई भगवान् विष्णुले उद्धार गरी मानव बसोवास गर्न योग्य बनाएको सम्झनामा आज वराह जयन्ती मनाइँदै छ ।

सत्य युगमा जलमा डुबेकी पृथ्वीको उद्धार गर्न भगवान् विष्णुले श्रावण शुक्ल तृतीयाका दिन वराह (बनेल) को रूप ललएको विषय वराहलगायत पुराणमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए ।

पृथ्वीमा महाप्रलय भएर जलमा डुबेपछि वराहरूपी विष्णुले उद्धार गर्ने वैदिक ग्रन्थमा उल्लेख गरिएको छ ।

भगवान् विष्णुले विभिन्न तत्वबाट मानव समुदायलाई बचाउन मुख्यरूपमा दश अवतार लिएको धार्मिक मान्यता छ । मत्स्य, कूर्म, वराह, नृसिंह, वामन, परशुराम, श्रीराम, कृष्ण, बुद्ध र कल्की गरी दश अवतार लिई असत्यबाट सत्यको रक्षा गरेको वैदिक ग्रन्थमा व्याख्या गरिएको धर्मशास्त्रविद् भट्टराईले बताए ।

सोही सम्झनामा आज वराहरूपी भगवान् विष्णुको पूजा आराधना गरी वराह जयन्ती मनाइन्छ । यस अवसरमा उपत्यकाका विभिन्न स्थानमा रहेका वराह (वाराही) मन्दिरमा भीड लागेको छ ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ६ : ४२ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका