एमालेमा नेताहरूको जिम्मेवारी हेरफेर, ६ केन्द्रीय सदस्यको बिदाइ « Khabarhub

एमालेमा नेताहरूको जिम्मेवारी हेरफेर, ६ केन्द्रीय सदस्यको बिदाइ


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ ।

शुक्रबार अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्दै एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो । यस्तै एमालेले विभागहरूमा सदस्यहरूको मनोनयन समेत गरेको छ । गत सोमबार बसेको सचिवालयको बैठकको निर्णयअनुसार नेताहरूको जिम्मेवारी हेरफेर भएको हो ।

एमालेले केन्द्रीय कार्यालयको व्यवस्थापनमा रहेको बागमती प्रदेशको इन्चार्ज गुरु बराललाई तोकेको छ।

त्यस्तै, काठमाडौँ महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यलाई काठमाडौँको तारकेश्वर नगरपालिका र टोखा नगरपालिकाको इन्चार्ज तोकिएको छ ।

एमालेले चुनावको बेला बागी/विद्रोही भई कारबाहीमा परेका तर आत्माआलोचना गरी सदस्यता नवीकरण गर्न चाहनेहरूकाे पार्टी सदस्यता नवीकरण गर्न अनुमति दिने निर्णय पनि गरेको छ । 

अन्तर्घात गर्ने र पार्टीविरोधी गतिविधिमा संलग्नहरूलाई सम्बन्धित कमिटीले कारबाहीको दायरामा ल्याउन पनि निर्देशन दिइएको छ ।

पार्टी र जनसङ्गठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा तीन अग्रज नेताहरू संस्थापक महासचिव पुष्पलाल, मदन भण्डारी र पूर्वअध्यक्ष मनमोहन अधिकारीका अतिरिक्त पार्टी अध्यक्षबाहेक अरूको फोटो प्रयोग नगर्ने निर्णय भएको एमालेले जनाएको छ ।

६ केन्द्रीय सदस्यको बिदाइ 
नेकपा एमालेले ६ जना केन्द्रीय सदस्यलाई केन्द्रीय कमिटीबाट बिदा गरेको छ। जसअन्तर्गत केन्द्रीय सदस्यद्वय केशव स्थापित र प्रमोदनारायण यादवलाई केन्द्रीय कमिटीबाट हटाएको छ भने चारजनालाई स्वास्थ्यका कारण बिदाइ गरेको छ ।

एमालेले अजय क्रान्ति शाक्य (काठमाडौँ), जुनेली श्रेष्ठ ९(मकवानपुर), पार्वती रावल (चितवन), पुरनसिंह दयाल (बैतडी) लाई बिदा दिएको छ। उनीहरूले स्वास्थ्यका कारण पार्टीमा सक्रिय हुन नसकेको जानकारी गराएर बिदा माग गरेकाले सोही अनुरूप स्वीकृत गरिएको बताएको छ।

सोमबार बसेको एमाले सचिवालय बैठकले स्थायी कमिटी सदस्य मणि थापासँग सोधपुछ गर्ने निर्णय पनि गरेको थियो।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ७ : ४३ बजे

महेशलाई सिंहदरबार पठाएका केपी साथमा शंकर लिएर पुगे शेरबहादुर भेट्न

काठमाडौं- सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको सर्वपक्षीय छलफल चलिरहँदा

अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाले पाएनन् उचित पारिश्रमिक 

धादिङ– निर्माण, कृषि तथा अन्य अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूले

सरकारले हामीलाई फुटबल नबनाओस्‌ : जेन–जी प्रतिनिधि

काठमाडौं– निर्वाचन कानुन र व्यवस्थापन सम्बन्धमा सिंहदरबारमा भएको छलफलका क्रममा

सर्वपक्षीय बैठकमा ओलीबारे कांग्रेसले भन्यो : नेतामाथि ‘स्थान हद’ लगाएर निर्वाचन हुन सक्दैन

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै

‘ह्वील अफ फर्च्यून’ टेलिभिजन शो होस्ट गर्दै अक्षय कुमार

काठमाडौं– बलिउडका चर्चित अभिनेता अक्षय कुमार लामो समयपछि टेलिभिजनमा पुनः