ट्रम्पलाई विषाक्त पत्र पठाउने महिलालाई २२ वर्षको जेल सजाय « Khabarhub

ट्रम्पलाई विषाक्त पत्र पठाउने महिलालाई २२ वर्षको जेल सजाय


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

वासिङ्गटन डीसी– अमेरिकाको एक अदालतले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई विषाक्त पत्र पठाएको आरोपमा एक महिलालाई २२ वर्षको जेल सजाय सुनाएको छ।

सो घटनामा पास्केल फेरीरले आफ्नो अपराध स्वीकार गरेकी छिन् । ट्रम्पलाई मार्ने उद्देश्यले पत्र तयार पारेको र आफैँले त्यसमा विषालु बनाएर पठाएको समेत जनाएकी छिन् ।

बीबीसीका अनुसार अभियुक्तको सजाय पूरा भएपछि उनलाई अमेरिकाबाट देश निकाला गरिने छ । यदि उनी पुनः फर्किएमा आजीवन निगरानीको सामना गर्नुपर्नेछ। 

अदालतका न्यायाधीश फ्रेडरिकले फेरीयरलाई सजाय सुनाउँदै भने, ‘तपाइँको कार्य तपाइँ र समाजका लागि हानिकारक छ।’

दोषी पास्केल फेरीरसँग फ्रान्स र क्यानडाको दोहोरो नागरिकता रहेको समेत खुलेको छ। 

एफबीआईले ट्रम्पलाई राष्ट्रपतिको दौडबाट बाहिरिन आग्रह गरेको पत्रमा उनको औंठाछाप फेला पारेको थियो, जुन विषालु थियो । 

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  १० : ०९ बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा