चितवनमा डेङ्गुको सङ्क्रमण बढ्दै  « Khabarhub

चितवनमा डेङ्गुको सङ्क्रमण बढ्दै 


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लामा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य कार्यालयका अनुसार गत साउन १ देखि यही भदौ १ गते दिउँसो सम्ममा एक सय आठ जनामा डेङ्गुको सङ्क्रमण देखिएको हो ।

एक हजार एक सय ६४ जनाको परीक्षण गरिएकामा सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । सङ्क्रमितमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । सङ्क्रमितहरुमा चितवनका ६०, बाहिरी जिल्लाका ३७ र ठेगाना नखुलेका ११ जना रहेका छन् ।

गत आर्थिक वर्षमा जिल्लामा डेङ्गुका कारण चार जनाको मृत्यु भएको थियो । जिल्लामा भेटिएका दुई हजार तीन सय छ सङ्क्रमितमध्ये उनीहरुको मृत्यु भएको हो । कार्यालयका सूचना अधिकारी केसीका अनुसार गत आवमा जिल्लाका विभिन्न अस्पतालमा उपचारमा आएका बिरामीमध्ये १४ हजार सात सय २८ जनाको परीक्षण गरिएकामा तीन हजार तीन सय २४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । चितवन बाहिरका छ सय ९५ र ठेगाना नखुलेका तीन सय २३ मा डेङ्गुको सङ्क्रमण देखिएको थियो ।

डेङ्गु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल सङ्क्रमण हो । यो रोगको सङ्क्रमण देखिएका बिरामीमा टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने,  ढाड, जोर्नी तथा मांसपेशी दुख्ने लक्षण देखिन्छन् । यस्तै शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेका दाग देखापर्ने, बेहोस हुने आदि लक्षण पनि देखापर्ने केसीले जानकारी दिए।

यो रोगबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेबाट बच्नु नै भएको उनले बताए। लामखुट्टे पानीमा बस्ने भएकाले घरको वरपर वा पानी जम्ने ठाउँ जस्तैः गमला, फूलदानी, खाली बट्टा, अलकत्रा वा मट्टीतेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायर आदिमा पानी जम्न नदिनु, बाहिर वा लामखुट्टेले टोक्ने ठाउँमा निस्कँदा शरीर ढाकिने लुगा लगाउनुपर्ने र सुत्दा अनिवार्य झूलको प्रयोग गर्नुपर्छ । साना केटाकेटीलाई जुनसुकै समयमा पनि झूलभित्र सुताउनुपर्ने उहाँको सुझाव छ ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  १२ : ३२ बजे

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने