सरकारद्वारा ५ प्रहरी अतिरिक्त महानिरीक्षकको सरुवा, उपत्यका प्रमुखमा दीपक थापा « Khabarhub

सरकारद्वारा ५ प्रहरी अतिरिक्त महानिरीक्षकको सरुवा, उपत्यका प्रमुखमा दीपक थापा


२ भदौ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font


काठमाडौँ–  सरकारले ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ । 

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न कार्यालयमा कार्यरत एआईजीहरूको सरुवा गरेको हो । पदस्थापन भएको ५ महिना नपुग्दै सरकारले उनीहरूको सरूवा गरेको हो। सरकारले उनीहरूको गत चैत १४ गते पदस्थापन गरेको थियो। 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी श्याम ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय कार्यविभागमा सरुवा गरिएको छ भने प्रशासन विभागका एआईजी दीपक थापालाई उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।

यसैगरी, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआईजी टेकप्रसाद राईलाई मानवस्रोत विभाग, मानवस्रोत विभागका एआईजी सन्दीप भण्डारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र कार्यविभागकी एआईजी मीरा चौधरीलाई प्रशासन विभागमा लगिएको छ । 

केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख किरण बज्राचार्य, प्रदेश समन्वय विभागका सुदीप गिरी र अपराध अनुसन्धान विभागका टेकबहादुर तामाङलाई भने यथावत राखिएको छ ।

प्रहरी नियमावलीअनुसार प्रहरी अधिकारीको सरुवा कम्तीमा एक वर्षमा गरिन्छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका एआईजी श्याम ज्ञवाली नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाएका थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंसँग समन्वय गरी अनुसन्धान अघि बढाइएको थियो। 

उपत्यका प्रहरी कार्यालय प्रमुख ज्ञवाली, काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्की र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसी भुटानी शरणार्थी प्रकरणको समग्र अनुसन्धान प्रक्रियामा सामेल प्रहरी अधिकारी हुन् । 

पछिल्लो समय उपत्यका अपराध अनुसन्धान कार्यालयमा यसै सम्बन्धमा थप १८ जनाको जाहेरी परेको थियो।

उनीहरूकै टिमले गरेको अनुसन्धानमा पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीसहितका उच्च पदस्थ अधिकारी तानिएका थिए । उनीहरू हाल पुर्पक्षका लागि कारागारमा रहेका छन् ।

प्रकाशित मिति : २ भदौ २०८०, शनिबार  १२ : ४३ बजे

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी