भारतको मिजोरममा उत्पादन हुने वाइन अब राज्यबाहिर पनि बिक्री हुने « Khabarhub

भारतको मिजोरममा उत्पादन हुने वाइन अब राज्यबाहिर पनि बिक्री हुने


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतको पूर्वोत्तर राज्य मिजोरममा उत्पादन हुने वाइन अब राज्यबाहिर पनि बिक्री हुने भएको छ । मिजोरममा उत्पादन हुने इसाबेल्ला वाइनलाई राज्यबाहिर पनि बिक्री गर्ने विषयमा स्थानीय वाइन उत्पादक र दिल्लीमा आधारित वितरक कम्पनीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

ह्नाह्लान अङ्गुर खेती एवम् प्रशोधन सहकारी संस्था र आरआर सेल्सबीच इसाबेल्ला वाइनको बिक्री एवम् वितरणका गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

दुई लाख लिटर वाइन बिक्री गर्ने ह्नाह्लान सहकारीको लक्ष्य छ । सोही लक्ष्यअनुरुप राज्यबाहिर बिक्रीका लागि समझदारीपत्रमा हस्ताक्षर भएको इस्ट मोजोले उल्लेख गरेको छ ।

हालै मिजोरमको सरकारले राज्यका अङ्गुर किसानलाई सहायता प्रदान गर्न स्टेट इकोनोमिक डेभलपमेन्ट प्रोग्राम र फोस्टरिङ क्लाइमेछ रेजिलियन्ट अपल्याण्ड फार्मिङ सिस्टम (फोकस) कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

 

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  २ : १९ बजे

उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ ।

सन् २०२७ सम्ममा युरोपेली ऊर्जा बजारमा पूर्ण एकीकरण हुने युक्रेनी लक्ष्य

एजेन्सी– युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन (ईयू)को ऊर्जा बजारमा

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ र

सहमति बन्न नसक्दा विधेयक माथिको कारबाही रोकियो

सुदूरपश्चिम– सत्तारूढ दलबीच सहमति जुट्न नसक्दा ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको

नेपालद्वारा जिम्बाब्वे पराजित

काठमाडौं- पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी महिला