भारतको मिजोरममा उत्पादन हुने वाइन अब राज्यबाहिर पनि बिक्री हुने « Khabarhub

भारतको मिजोरममा उत्पादन हुने वाइन अब राज्यबाहिर पनि बिक्री हुने


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतको पूर्वोत्तर राज्य मिजोरममा उत्पादन हुने वाइन अब राज्यबाहिर पनि बिक्री हुने भएको छ । मिजोरममा उत्पादन हुने इसाबेल्ला वाइनलाई राज्यबाहिर पनि बिक्री गर्ने विषयमा स्थानीय वाइन उत्पादक र दिल्लीमा आधारित वितरक कम्पनीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

ह्नाह्लान अङ्गुर खेती एवम् प्रशोधन सहकारी संस्था र आरआर सेल्सबीच इसाबेल्ला वाइनको बिक्री एवम् वितरणका गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

दुई लाख लिटर वाइन बिक्री गर्ने ह्नाह्लान सहकारीको लक्ष्य छ । सोही लक्ष्यअनुरुप राज्यबाहिर बिक्रीका लागि समझदारीपत्रमा हस्ताक्षर भएको इस्ट मोजोले उल्लेख गरेको छ ।

हालै मिजोरमको सरकारले राज्यका अङ्गुर किसानलाई सहायता प्रदान गर्न स्टेट इकोनोमिक डेभलपमेन्ट प्रोग्राम र फोस्टरिङ क्लाइमेछ रेजिलियन्ट अपल्याण्ड फार्मिङ सिस्टम (फोकस) कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

 

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  २ : १९ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क