भारतमा सैन्य ड्रोन उत्पादन गर्ने कम्पनीले चिनियाँ पार्टपुर्जाको प्रयोग गर्न नपाउने « Khabarhub

भारतमा सैन्य ड्रोन उत्पादन गर्ने कम्पनीले चिनियाँ पार्टपुर्जाको प्रयोग गर्न नपाउने


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतमा सैन्य ड्रोन उत्पादन गर्ने कम्पनीहरुले चिनियाँ पार्टपुर्जाको प्रयोग गर्न नपाउने भएका छन् । सुरक्षा जोखिमलाई मध्यनजर गर्दै भारतले सैन्य ड्रोनमा चिनियाँ पार्टपुर्जाको प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

पछिल्लो समय भारतले सेनालाई थप सक्षम र सुदृढ बनाउने प्रयास गरिरहेको छ । चीनसँगको सम्बन्धमा सुधार आउन नसकेको अवस्थामा भारतले सैन्य ड्रोनमा चिनियाँ पार्टपुर्जाको प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

सैन्य ड्रोनको सञ्चार कार्य, क्यामेरा, रेडियो प्रसारण र अपरेटिङ सफ्टवेयरमा चीनमा निर्मित पार्टपुर्जा राख्नाले सुरक्षा संवेदनशीलता जोखिममा पर्नसक्ने भारतीय सुरक्षा अधिकारीको चिन्ता छ ।

भारतीय अखबार अमर उजालाका अनुसार भारतीय सुरक्षा अधिकारीहरु यस्ता ड्रोनमा स्वदेशी पार्टपुर्जाको प्रयोग गर्दा लागत बढ्नसक्ने भएपनि त्यसलाई स्वीकार गर्ने पक्षमा छन् ।

यसअघि अमेरिकी रक्षा प्रशासन पेन्टागनले पनि चीनमा बनेका ड्रोन र ड्रोनका कम्पोनेन्टको खरिदमा प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ३ : १५ बजे

उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ ।

सन् २०२७ सम्ममा युरोपेली ऊर्जा बजारमा पूर्ण एकीकरण हुने युक्रेनी लक्ष्य

एजेन्सी– युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन (ईयू)को ऊर्जा बजारमा

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ र

सहमति बन्न नसक्दा विधेयक माथिको कारबाही रोकियो

सुदूरपश्चिम– सत्तारूढ दलबीच सहमति जुट्न नसक्दा ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको

नेपालद्वारा जिम्बाब्वे पराजित

काठमाडौं- पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी महिला