सुशासनका पक्षमा सरकारले गरेको कामलाई सफल बनाउन सबैको साथ आवश्यक  « Khabarhub

सुशासनका पक्षमा सरकारले गरेको कामलाई सफल बनाउन सबैको साथ आवश्यक 


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले सुशासनका पक्षमा सरकारले गरेको कामलाई सफल बनाउन सबैले साथ दिनुपर्ने बताएका छन् ।

माओवादी केन्द्र बागमती प्रदेश सम्पर्क समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै नेता पोखरेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले मुलुकमा भ्रष्टाचार अन्त्य गर्दै सुशासन सहितको समृद्धिको लक्ष्य लिएको भन्दै सरकारको लक्ष्यलाई सफल बनाउन सबैले साथ दिनुपर्ने बताएका हुन् । 

उनले राजनीतिलाई अपराधिकरण गर्ने र अपराधलाई राजनीतिकरण गर्ने प्रवृत्तिलाई अन्त्य नगरे सम्म मुलुक आर्थिक विकासको बाटोमा अघि बढ्न नसक्ने जिकिर गरे ।

नेता पोखरेलले मुलुकमा पश्चगामी शक्तिहरू शिर ठाडो पार्न खोजिरहेको अवस्थामा लडेर ल्याएको उपलब्धि जोगाउनुपर्ने काममा ध्यान केन्द्रित गर्नुपर्ने धारणा राखे । उनले मुलुकलाई अन्तराष्ट्रिय शक्तिले क्रिडास्थल बनाउन खोजिरहेको भन्दै राष्ट्रियताको जगेर्ना गर्नु अहिलेको कार्यभार रहेको पनि बताए ।

उनले संगठनलाई बलियो बनाउन सकेमात्र पार्टी बलियो हुने भएकाले नेता तथा कार्यकर्ताले यसमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरे । 

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ४ : ०१ बजे

ग्लोबल आइएमई बैंकको २०औँ साधारण सभा सम्पन्न, शेयरधनीको १० प्रतिशत लाभांश पारित

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारण सभा शुक्रबार

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत