सुशासनका पक्षमा सरकारले गरेको कामलाई सफल बनाउन सबैको साथ आवश्यक  « Khabarhub

सुशासनका पक्षमा सरकारले गरेको कामलाई सफल बनाउन सबैको साथ आवश्यक 


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले सुशासनका पक्षमा सरकारले गरेको कामलाई सफल बनाउन सबैले साथ दिनुपर्ने बताएका छन् ।

माओवादी केन्द्र बागमती प्रदेश सम्पर्क समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै नेता पोखरेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले मुलुकमा भ्रष्टाचार अन्त्य गर्दै सुशासन सहितको समृद्धिको लक्ष्य लिएको भन्दै सरकारको लक्ष्यलाई सफल बनाउन सबैले साथ दिनुपर्ने बताएका हुन् । 

उनले राजनीतिलाई अपराधिकरण गर्ने र अपराधलाई राजनीतिकरण गर्ने प्रवृत्तिलाई अन्त्य नगरे सम्म मुलुक आर्थिक विकासको बाटोमा अघि बढ्न नसक्ने जिकिर गरे ।

नेता पोखरेलले मुलुकमा पश्चगामी शक्तिहरू शिर ठाडो पार्न खोजिरहेको अवस्थामा लडेर ल्याएको उपलब्धि जोगाउनुपर्ने काममा ध्यान केन्द्रित गर्नुपर्ने धारणा राखे । उनले मुलुकलाई अन्तराष्ट्रिय शक्तिले क्रिडास्थल बनाउन खोजिरहेको भन्दै राष्ट्रियताको जगेर्ना गर्नु अहिलेको कार्यभार रहेको पनि बताए ।

उनले संगठनलाई बलियो बनाउन सकेमात्र पार्टी बलियो हुने भएकाले नेता तथा कार्यकर्ताले यसमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरे । 

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ४ : ०१ बजे

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

मन्थली– ऊर्जा जलस्रोत एवं सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै

रविले प्रधानमन्त्रीलाई सुनाए पोल : कांग्रेस–एमाले निर्वाचन बिथोल्दैछन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेलबाट छुटेपछि आइतबार

जापानको उपग्रह प्रक्षेपणमा असफलता, जीपीएस सुधार योजना प्रभावित

टोकियो– जापानको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार, सोमबार प्रक्षेपण

‘पूर्णबहादुरको सारङ्गी’को क्रिडिट लिन पाएका तीनै फिल्म फ्लप

काठमाडौं – ०८१ कात्तिकमा प्रदर्शनमा आएको ‘पूर्णबहादुरको सारङ्गी’ व्यापारिक रुपमा

जाडो बढेसँगै ताप्लेजुङका हिमाली बस्ती सुनसान

ताप्लेजुङ– केहीदिन यतादेखि चिसो बसेसँगै जिल्लाका हिमाली क्षेत्रका बस्तीहरू सुनसान भएका