प्रदीप गिरी नेपालको जनआन्दोलनका पक्षमा समर्थन जुटाउन सफल नेता : विमलेन्द्र निधि | Khabarhub Khabarhub

प्रदीप गिरी नेपालको जनआन्दोलनका पक्षमा समर्थन जुटाउन सफल नेता : विमलेन्द्र निधि


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले स्वर्गीय प्रदीप गिरी नेपालको जनआन्दोलनका पक्षमा समर्थन जुटाउन सफल नेता भएको स्मरण गरेका छन् ।

प्रदीप गिरि स्मृति आयोजक समितिले प्रदीप गिरीको स्मृतिमा शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा निधिले भारतका नेतालाई नेपालको जनआन्दोलनका पक्षमा समर्थन जुटाउन सफल भूमिका खेलेको स्मरण गरेका हुन् । 

निधिले मुलुकमा जनताको अधिकार केन्द्रीकृत शासनबाट मात्रै नभई स्थानीय तहबाट पनि प्रत्याभूत गर्नुपर्छ भन्नेमा गिरिको स्पष्ट अडान गरेको जिकिर गरे । गिरी नेपाली राजनीतिमा मात्रै नभई भारतीय नेताहरूको राजनीतिक गुरुसमेत भएको नेता निधिले बताए ।

स्वर्गीय नेता गिरी विचारक, साहित्यकार, लोकतन्त्रवादी, समाजवादी, नेपालका कम्युनिष्ट पार्टीका प्रेरणा भएको उनले बताएका छन् ।

कार्यक्रममा स्वर्गीय प्रदीप गिरीको अस्तु भारतको बनारसस्थित काशीमा विसर्जन गरिने जानकारी गराइएको थियो । ‘प्रदीप गिरी पावन स्मृति आयोजक समिति’ले स्व गिरीको अस्तु काठमाडौँको पशुपतिनाथबाट काशीसम्मको यात्रा गरी गङ्गा नदीमा विसर्जन गर्न लागेको हो । 

कांग्रेसका केन्द्रीय समिति सदस्य गुरु बरालको नेतृत्वमा ३५ जनाको टोली अस्तु विसर्जन यात्रामा सहभागी भएको छ ।  विसं २००४ असोज २४ गते  जन्मिएका  गिरीको ७५ वर्षको उमेरमा २०७९ भदौ ४ गते दुःखद निधन भएको थियो । 

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ४ : १३ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल भदौ ५ गते बिहीबार। भाद्र

आज २०८२ साल भदौ ५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ५ गते बिहीबार। भाद्र

रौतहटमा चक्कु प्रहार गरी २१ वर्षीय युवकको ह*त्या

रौतहट – यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा – माछा मार्ने क्रममा करेन्ट लागेर आज दिउँसो कमल