सरकार, सदन र सडकको मोर्चा समाजवादको आधार : गृहमन्त्री श्रेष्ठ « Khabarhub

सरकार, सदन र सडकको मोर्चा समाजवादको आधार : गृहमन्त्री श्रेष्ठ


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कास्की– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार, सदन र सडक तीनवटै मोर्चाको संयोजनबाट समाजवाद निर्माणको आधार तयार गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको सातौँ पूर्ण बैठकलाई आज पोखरामा सम्बोधन गर्दै पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहेका गृहमन्त्री श्रेष्ठले सङ्घ, प्रदेश र स्थानीय तह तीनै तहका सरकारको मोर्चा नै अहिले मुख्य रहेको र सदन सहयोगी रहेको उल्लेख गरे। उनले नेपाली जनताको जीवनमा तात्कालिक आवश्यकता पूरा गरेर नयाँ जीवन दिनुपर्नेमा जोड दिए ।

गृहमन्त्री श्रेष्ठले भने, ‘हालका उपलब्धिलाई राजनीतिक परिवर्तनको क्षेत्रमा सीमित गरियो भने परिवर्तनको औचित्य आम जनतामा पुष्टि हुन सक्दैन । जनताको जीवनमा राजनीतिक परिर्वतनले परिर्वतन ल्याउन सक्नुपर्दछ ।’

राष्ट्रिय एकता सुदृढ गर्नु, हालसम्मका उपलब्धि र संविधानको रक्षा गर्नु, संविधानलाई माध्यम र साधन बनाउँदै सामाजिक, आर्थिक रुपान्तरण गरी विकास र समृद्धिको यात्रा तीव्र बनाउनु देशको मुख्य कार्यभार रहेको उनले बताए ।

वर्तमान सरकारले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी कामलाई छिटो टुङ्गोमा पुर्याउन चाहेको श्रेष्ठले बताए। ‘सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको काम पूरा गर्नुपर्ने छ, द्वन्द्वपीडितलाई न्याय दिनुपर्ने छ, यसपटक हरहालतमा सङ्क्रमणकालीन न्यायको काम पूरा गरेर शान्ति प्रक्रियालाई समग्रमा टुङ्गोमा पुर्याउन सरकार लागिपरेको छ’, गृहमन्त्री श्रेष्ठले भने ।

पार्टीले आगामी भदौ १६ देखि सञ्चालन गर्ने तीनमहिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’लाई गण्डकी प्रदेशमा प्रभावकारी बनाउने गरी लाग्न यस प्रदेशका नेता–कार्यकर्तालाई उनले निर्देशनसमेत दिए। अभियानका क्रममा नयाँ सदस्यता वितरण, संगठन सुदृढीकरण, संगठन पुनःगठन र विस्तारको कामलाई व्यवस्थित गर्न वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आग्रह गरे।

उनले भने, ‘जनताको बीचमा जाँदा हरेक जनताको घरमा पुग्नुपर्दछ, हाम्रो पार्टीको समर्थक मात्र होइन, विपक्षीको घरमा पुगेर सरकारले सुशासनका लागि गरेका कामका बारेमा सुझाव लिनुहोला । हामीले गरेको काम जनतालाई बताउनुपर्दछ, सुझाव लिनुपर्दछ र जनताले गाली गरे पनि सहनुपर्दछ ।’

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ५ : ५३ बजे

राष्ट्रकवि घिमिरेका पुत्र इन्दिवर रसुवा बाढीपछि बेपत्ता

काठमाडौं- राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरेका ज्येष्ठ पुत्र तथा नेपाल विद्युत प्राधिकरणका

एनसेलले थप ७ दिन बाढी प्रभावित क्षेत्रमा निःशुल्क सेवा दिने

काठमाडौं- एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा

रसुवा बाढीमा बेपत्तामध्ये चितवनमा संकलित २२९ शव सामूहिक रूपमा व्यवस्थापन गरिने

चितवन– रसुवामा आएको विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका २३३ शवमध्ये

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर– भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा) र

बाढी प्रभावितका लागि आर्य फार्मेसीद्वारा औषधि सहयोग

काठमाडौं– बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत